सिन्धुपाल्चोक – दुई दिनदेखि लगातार परेको वर्षापछि आएको पहिरोले पुरिएर सिन्धुपाल्चोकको लिसंखुपाख गाउँपालिका–३ का पूर्व वडाध्यक्ष दम्पतीको मृत्यु भएको छ ।
गएरातिको पहिरोले घर पुरीएर लिसंखुपाखर –३ का पुर्व वडाध्यक्ष काजीबहादुर लामा र उहाँकी श्रीमतीको मृत्यु भएको लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले बताउनुभयो । राति करिब १ बजे आएको पहिरोमा परी उनिहरुको घटनास्थलमै मृत्युु भएको अध्यक्ष लामाले बताए ।
पहिरो गएको थाहा पाएपछि राती नै स्थानीय उद्धारमा गएपनि उहाँहरुको जिवितै उद्धार गर्न नसकिएको हो ।
अविरल बर्षापछिको पहिरोका कारण सिन्धुपाल्चोकको अधिकांश सडक मार्ग अवरुद्ध भएको छ । सुनकोशी नदीले खतराको तह पार गरेको छ । अरनिको राजमार्ग लगायत अन्य सहायक मार्गहरुमा पहिरोले सडक अवरुद्ध भएको हो ।
-विजय नेपाल







