काठमाडौं । चलचित्र ‘झिल्को’बाट लगभग १३ वर्षपछि रंगकर्मी तथा अभिनेता सुनिल पोखरेलले पुनरागमन गर्नुभएको छ । उहाँले पछिल्लोपटक सन् २०११ मा चलचित्र ‘आचार्य’मा अभिनय गर्नुभएको थियो । ‘झिल्को’को शुक्रबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै आगामी पुस ५ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । क्रिसमसको सार्वजनिक बिदालाई लक्षित गरेर चलचित्र प्रदर्शनमा आउन लागेको हो ।
पोस्टरमा सुनिल पोखरेल, वर्षा शिवाकोटी, भोलाराज सापकोटा, विशाल पोखरेल र आयुषी ढकालको मनोदशा दर्शाउन खोजिएको छ । मोबाइलको दुव्र्यसनका कारण बालबालिकामा देखिने समस्या र त्यसले परिवार तथा समाजलाई पार्ने प्रभावको कथामा चलचित्र बनेको निर्देशक यादव भट्टराईले जानकारी गराउनुभयो । उहाँले यसअघि सामाजिक कथामाथि दुईवटा फिल्म ‘झोला’ र ‘भोर’ निर्देशन गर्नुभएको थियो ।
‘झिल्को’को पटकथा तथा संवाद निर्देशक भट्टराईसहित अरुणदेव जोशी र देवव्रतले तयार पार्नुभएको हो । चलचित्रमा दीपक बज्राचार्यको छायांकन, चण्डीप्रसाद काफ्ले एवं दीपक शर्माको संगीत र निमेश श्रेष्ठको सम्पादन छ । चलचित्रको निर्मातामा सुशीला आचार्य र रामगोपाल थापा हुनुहुन्छ भने कार्यकारी निर्माता उमेश पौडेल रहनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा