
✍️ सुरेशकुमार भट्ट
भदौ ३१ गते सोमबारको अंकबाट क्रमशः
२३-हत्केला चिलाउने बारेको विश्वास प्रायः सबैतिर नै भएको जस्तो देखिन्छ किनकि क्यारेबियनहरूमा पनि हत्केला चिलाएमा हुने परिणामबारे विश्वास रहेछ । देब्रे हत्केला चिलाएमा ऋण लाग्छ भने दाहिने हत्केला चिलाएमा धन आउँछ लाभ हुन्छ भन्ने संकेत हो भन्ने विश्वास रहेको छ । किनकि दाहिने हातमा ऊर्जा बढी हुन्छ । त्यसैले लाभदायक हुन्छ भन्ने मान्यता रहेछ । अब आफ्नै घरदेशतिर फर्कौं- हाम्रो नेपालमा पनि दाहिने हात चिलाएमा लाभ र देब्रे हात चिलाएमा खति नोक्सानी अर्थात् देब्रे जाने दाहिने चिलाएमा आउने । यसैमा पनि छोरीमान्छेको देब्रे चिलाए आउने दाहिने चिलाए जाने विपरीत हुन्छ पनि भन्दारहेछन् ।
भद्राको साइत, लोग्ने चिन्न बेलाइत’ प्रसंग भद्राको/ ‘आगलागे झुपडी डेढघडी भद्रा’ भद्रा/भद्रायो भन्ने डाँग्रे जस्तै जस्तै देखिने एक प्रकारको चरा पनि हुन्छ । ‘ऊ भद्रा/भद्रायो करायो पानी आउँछ भन्ने चलन छ । भद्रायो करायो भने पानी आउँछ भन्ने किसानहरूमा जनविश्वास छ ।
(ख) अन्ध विश्वासको सेरो फेरोमा भद्रा :
भद्राको साइत, लोग्ने चिन्न बेलाइत’ अब प्रसंग भद्राको/‘आगलागे झुपडी डेढघडी भद्रा’ भद्रा/भद्रायो भन्ने डाँग्रे जस्तै-जस्तै देखिने एक प्रकारको चरा पनि हुन्छ । ‘ऊ भद्रा/भद्रायो करायो पानी आउँछ भन्ने चलन छ । भद्रायो करायो भने पानी आउँछ भन्ने किसानहरूमा जनविश्वास छ । किनकि धमिलो धमिलो, रुदिलो, घाम न पानी गुम्मधुम्म परेको मौसमको दिनमा भदौतिर ठेउवा जस्तै भद्रायो पनि देखिन्छ । घैया काट्दा साउन भदौको वर्षे मौसममा काटिने र पानीबाट धान जोगाउनुपर्ने हुनाले यो भद्रायो/भद्रा चराको कराइको पनि विचार राख्छन् किसान तर आजकल काग शहर पस्यो तर ठेउवा टीकाको दिन हराउनुपर्ने जहिले कहिले पहिल्यै हरायो देखिँदैन त्यसैगरी भद्रायो/भद्रा पनि देखिँदैन ।
अब प्रसंग कथा भद्रा लागेको साइतमा हिँडे के हुन्छ ?
उहिलेको कुरा हो खाल्टे भन्ने एउटा सानो गाउँ थियो । त्यस गाउँमा थापा थरका एकै थर गोत्रका मानिसहरू बस्दथे । वारिपारि नजिकमा पनि एकै गोत्रका धेरै मानिसहरूको बसोवास थियो । त्यसैले उल्टे र आसपासका कान्ले, पहिरे र पात्ले गाउँका मानिसले विहाबारी गर्नुपर्दा धेरै टाढा जानु पथ्यो । त्यसैले उल्टे गाउँका बलबहादुरको ससुराली श्रीमती सेतीको माइती पनि पूरा एक दिनकै बाटो गण्डकी डककुग्गा तरेर जानुपथ्र्यो । दशैंको बेला टीकाटाला गर्नेहरू ओहोरदोहोर मूलबाटो जागिरतिर फर्कनेको बाटोभरि भिड नै भेटिन्थ्यो ।
पड्केघारीको ठूलढुंगामा प्राय बाटो हिँड्ने ढाक्रेहरू बटुवाहरू एकैछिन् विश्राम गर्ने गर्थे । त्यही बेला दिसा पिसाब नगरे बाटोमा हुल छुटे साथी छुटेमा चोर लुटेरा र वन्यजन्तुको भय हुने भएकाले सबैले पानी खाने दिसा गर्ने काम सक्नुपथ्र्यो । बलबहादुरले पहिले अरू आइमाईहरूसँग सेतीलाई पठाए र सेती आएपछि आफू फेरि यसो बुट्यानको छेल गरेर पिसाब गरे । फर्कन लाग्दा सामुन्ने पहेँलै भएर पाकेको बेलाउती देख्दा मन थाम्न सकेनन् र हाँगामा लम्किएर ४/५ दाना टिपे र खोकिलामा राखेर हतार हतार सेती भएको ठाउँमा आएर हेर्छन् त सेती पनि छैन अरू ढाक्रे बटुवा कोही पनि नदेखेपछि झोला खोजे झोला पनि छैन तब छट्पटिँदै मनमनै सेतीलाई कसैसँग गई कि के हो ?
आइमाईको के भर ? बाजेले स्वास्नी भनेको नजरभरिको मात्र हो भन्थे हो रैछ क्यारे हेर त एकछिन छोड्दा कता पो हिँडिछ कस्तो फसाद । गहना देखेर लोभियो मान्छे पनि राम्री मोहित पनि भए छ क्यार कुन चाहिँ होला त्यस्तो सबैतिर राम्रोसँग चियाएर पनि हेर्यो । न वा उस्कै माइतीतिरको थियो र ओठ बटुको मिल्यो कि ? ‘ताप्केको काठो माइतको नाठो’ भन्छन् यस्तै नाना भाँति सोच्दै दगुर्दा र फड्का चाल्दा चाल्दै माझीगाउँ पुगिसकेछ । परैबाट आफ्नी बुढीलाई चिनिहाल्यो । छोरी मान्छेले आफ्नो लोग्ने टोपीले एक कोश परैबाट चिन्छन् रे तर छोरा मान्छेले चाहिँ हिँडाइ र पिठ्यु पुठाले चिन्छन् रे भन्थे ।
बाहिर खेतका गरा चौरमा चुलढुंगा लाउने पकाउने खानपिन गर्ने ढोका लाउने सुत्ने । बिहान थपक्क आफूले ओछ्याएको गुन्द्री बेरेर उभ्याइदिने, बेलुका एक-एक सुका प्रतिढाक्रे तिरेकै छ । साहु बोलुन नबोलुन बाहिर निस्केर लहै साहुजी हामी त गयौँ भन्ने हिँड्ने ।
बलेले पनि चिनिहाल्यो किनकि लस्की लस्की हिँड्दा र पुठा सल्बलाएकोबाट नजिक नजिकै पुग्दा चिनिहाल्यो तर आश्चर्य उसले मनमनै सोचेको र सेतीसँग बेलाबेला नारिएर कुम ठेल्दै हिँडेको लोग्ने छोराको पछाडि भाग देख्दा खुकुरी भए नि छप्क्याउथेँ जस्तै हुँदै दगुरेर नजिक पुग्यो र रिसले भाउन्निँदै भन्यो-‘ए सेती तँ कोसँग हिँडेकी ? सेतीले भनी ल आफ्नै बुढोसँग नि कोसँग हिँड्नु नि ? बरू तपाईं को ? म तेरो पोई बले । त्यसो भए यी को हो त ? मेरा पोइ नभए ? उसो भए म को हो त तेरो पोइ नभए ? बलेले नियालेर हेर्यो पूरै बलेकै सक्कल छ ।
यसरी गल्बद्दी गर्दै हृयापिन खोला झर्ने चौतारामा पुगेर बाटामा बास बस्ने भएकाले ढाक्रेले भारी बिसाए । सेती र बलेले पनि बिसाए, बलेले पनि लामो सास फेर्दै चौतारीको छपनी फुकेर बस्यो पूरै पसिनाले भिजेको छ । सबैजना पसिना पुछ्न थाले । बलेले पनि टोपीले पसिना मुखदेखि लोपाय्रो र खुइय गर्दै टोपी घुसारेर छाती पुछ्यो । हातले भेटेसम्म घुच्चुक र पिठिउ पनि पुछ्यो । एकजना पाको ढाक्रेलाई भन्यो ‘बा पिसाव फेर्न गएँ । त्यही बेला यो मेरी स्वास्नी सेती यो मान्छेसँग म भनेर आइछ बा के गर्ने होला लौ न भनिदिनुस्’ भन्यो । बुढाले भने ‘बाबु तिमी पिसाब गरेर आयौ म हेरिराछु ती नानीलाई ल हिँड जाऊँ यो लस्करमै जानुपर्छ भन्यौ अनि खुरुक्क उठेर बाटो लागेको खुदै हो अझ मैले भनेँ तपाईंहरू कहाँ पुग्ने हो ?
हामी ढाक्रेको सारमा त ढिलो हुन्छ नि भन्दा यो बाबुले आ बा टारमा निस्केपछिको खुल्ला बाटोमा लम्कुँलानि जंगल त धेरै भा बेला कट्नैप¥यो नि भन्दै आएको हो । अहिले तपाईंहरू हेर्दा दुवै एउटै देखिनु हुन्छ हामी कसरी छुट्याऊँ ? स्वास्नीले त रातिको सहबासमा बाहेक छुट्याउन सक्दिन भन्छन् । हामी त लोग्ने छोरा बारको काठ सोझो घोचो कसरी भनौँ ? तिमी हो ऊ होइन, ऊ हो तिमी होइन । ए ! नानी तिमी आफ्नो पोइ चिन्न सक्दिनौ लौ चिन त कुन हो ? ए बा मैले कत्ति फरक पा छैन बुढो आयो जाम हिँड भन्यो बाटो लागेँ आएँ । अहिले यी पनि म पो तेरो बुढो हुँ त भन्छन् म पनि सबै सक्कल हेर्दा होइन भन्न सक्दिन ।
मलाई यो केको पाप आइलाग्यो र कसैले एउटा पा छैन होला मलाई भने यो दुई दुईवटा के आइलाग्यो ? ‘लौन बा-कस्तो साइत, आफ्नै पोइ चिन्न सकिन । ‘सबै ढाक्रे यो भलिभातिका कुरा सुनेर कहिले गलल हाँसेका छन् कहिले आश्चर्यमा परेका छन् । सबै उठेर ल जाऊँ राम्रो बास पनि पाइन्न बेलामा बास नखोजे भन्दै डोको बोकेर लौराले डोकाको पिँधमा ठिक्री ठिक्री बजाएर धुलो घोइलो झार्दै ओरालो लागे । यी तीन जना पनि सँगै ओरालो लागे । हाराहारी पसलका गोरे साहुको पसलमा पुगेर ढाक्रेले डोका बिसाएर चुलढुंगा लाउन थाले । सुत्नलाई पल्लो धन्सारको तल र माथि तीस चालीस जना सुत्न सकिने ठाउँ छ । गुन्द्री ओछ्याइराखेको छ, सफा आफैँले ओच्छ्यान मिलाउने हो । क्रमश :
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच