काठमाडौं । चलचित्र ‘सारंग’को फर्स्टलुक पोष्टर सार्वजनीक गरिएको छ । बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाड्लको बिषयमा निर्माण गरिएको यो चलचित्रको बिहीबार फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको हो ।
कोरियोग्राफरको रुपमासमेत परिचित प्रशान्त तामाङको डेब्यु निर्देशन रहेको चलचित्रको फष्र्टलुकसँगै प्रदर्शन मिति पनि तोेकिएको छ । चलचित्र मंसिर ७ गतेबाट सिनेमाघरमा आउनेछ ।
चलचित्रको सार्वजनिक पोष्टरमा अभिनेत्री ऋचा शर्मा, उत्पल झा, बालकलाकार सम्राट थापा र आदित्य कार्कीलाई प्रस्तुत गरिएको छ । निर्देशक तामाङ स्वयम्को लेखन रहेको चलचित्रलाई टि फल्क फिल्मस्ले बितरण गर्ने छ ।
चलचित्रमा समीर मणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपीका थापा, सुमन सागरजंग केसी, बिश्व स्याङ्वो, प्रभातजंग लगायतको समेत अभिनय छ ।
दर्शन बुद्ध फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रको डिओपी गोपाल राय हुनुहुन्छ भने सम्पादन मित्रध्वज गुरुङले गर्नुभएको छ । चलचित्रका गीत डिपी खनालले लेख्नुभएको हो भने संगीत शंकर थापा ‘स्माइल’ को छ ।






