हुम्ला । हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिकामा सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न कार्यक्रममा गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को बार्षिक प्रगति विवरण सार्वजनिक गरेको थियो । तर कार्यक्रममा नागरिकको उपस्थिती भने न्यून रह्यो ।
स्थानीय तहले सुशासन र पारदर्शिता नगरेको गुनासो पालिकाका आमनागरिकले गर्दै आइरहेको भए पनि सार्वजनिक सुनूवाई कार्यक्रममा उपस्थीत हुनेको संख्या न्यून रह्यो। गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई गर्ने भनेर सदरमुकाममा रहेका सञ्चारमाध्यमबाट सुचना सार्वजनिक गरेपनि नागरिकको नै अनुपस्थित रहेको थियो । जिल्ला समन्वय समितिको प्राङ्गगाणमा गाउँपालिका आफ्नो वार्षिक प्रगतिको विवरण सार्वजनिक गरेपनि एक देखि आठवटा वडाका कोही पनि नागरीकको उपस्थित रहेको थिएन ।
आर्थिक वर्ष २०८०/०८१ मा गाउँपालिकाले सञ्चालन गरेका भौतिक पूर्वधारका योजना, विषयत समितिअन्तर्गतका सबै गतिविधि निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले प्रस्तुत गर्नुभएको थियो । जसमा एक सय ४९ वटा भौतिक पूर्वाधारका योजना सम्पन्न भएको प्रगति विवरण प्रस्तुत निमित्त प्रमुख प्रशासकीय अधिकृत रोकायाले प्रमस्तुत गर्नुभएको थियो । उक्त आर्थिक वर्षमा ५० करोड, ५६ लाख ५४ हजार रुपैयाँ खर्च भएको आयव्ययसमेत प्रस्तुत गरिएको थियो ।
जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुनु गाउँपालिकाको कम्जोरी नभएको उपाध्यक्ष शुसिला रोकाया ९भाम०ले बताउनुभयो । गाउँपालिकाको काम गराई प्रति जनताको सन्तुष्ट नभएपनि सार्वजनिक सुनुवाईमा उपस्थित हुनु पर्ने उपाध्यक्ष रोकाया ९भाम०ले बताउनुभयो ।
अहिलेका नागरीक उपभोक्ता र पैसामुखी भएको जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माले बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सुनुवाईका लागि बारम्बार जानकारी गराउँदा नागरीकको कम्जोरी भएको प्रमुख शर्माले बताउनुभयो । गाउँपालिकाले गाडी भाडा दिने र उपभोक्ता समिति बनाइ दिने भनेको भए तछाडमछाड गरी नागरीकको चाप बढ्थ्यो तर गाउँपालिकाले सार्वजनिक सुनुवाई गरेपनि उपस्थित नहुनु सेवाग्राहीले आफ्ना लागि सञ्चालन गरिएका क्रियाकलाप जानकारी पाउनुपर्ने कार्यक्रममा कम्जोरी भएको प्रमुख शर्माले बताउनुभयो ।
सार्वजनिक सुनुवाई कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा गाउँपालिका अध्यक्ष विजय भण्डारी ९प्रतिरोध०ले जानकारी गर्दा पनि सेवाग्राही उपस्थिति नभएको बताउनुभयो । शैद्धान्तिक रुपमा हाम्रो समाज भनेको सार बुज्ने भन्दापनि रुपलाई हेर्ने प्रवृति रहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । आगामी दिन अझै सुधार गरेर जाने प्रतिबद्धतासमेत अध्यक्ष भण्डारीले गर्नुभयो । आफैले निर्वाचीत गरेका जनप्रतिनिधिले सही काम गरे कि गरेनन्, राज्ये पठाएका कर्मचारीले पठाएका कर्मचारीले सही काम गरेका छन् कि छैनन् भनेर जिज्ञासा राख्नु पर्ने नागरीक आफै पन्छिएको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।
गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आजै भएको कार्यक्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दलु फडेरा (सन्जय), गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया (भाम), निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकाया, सहायक प्रमुख जिल्ला अधिकारी अमृत प्रसाद सुवेदी, प्रहरी नायव उपरिक्षक रविन्द्र खनाल, नेपाली कांग्रेसका जिल्ला पार्टी उपसभापति बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहरा (विज्ञान) लगायतको उपस्थित रहेको थियो । सोमबार भएको सार्वजनिक सुनुवाई कार्यक्रममा वडा एकदेखि आठसम्मका वडाध्यक्ष, कार्यापालिका सदस्य, सबै वडाका वडा सदस्य, अन्य कर्मचारी, विभिन्न लगायतको सहभागीता रहेको थियो ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements