निर्वाचित इन्जिनियर्स बुटवल अटोलगायतका संस्थालाई कांग्रेस क्षेत्र नं २ को सम्मान

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । नेपाली कांग्रेस क्षेत्रिय समिति रुपन्देही क्षेत्र नं २ ले हालै निर्वाचित भएका नेपाल इन्जिनियर्स एसोसिएसनलगायतका संस्थाहरुलाई बधाई सुभकामना तथा सम्मान गरेको छ ।

समितीले भर्खरै सम्पन्न भएको नेपाल इन्जिनियर्स एसोसिएसनको लुम्बिनि प्रदेश निर्वाचनमा निर्वाचित लोकतन्त्रवादी इन्जिनियरको संस्था सिडेनबाट प्रतिनिधित्व गर्दै चुनावमा निर्वाचित ई महेश्वर लम्सालको प्यानल तथा बुटवल अटो इन्जिनियरिङ्ग एसोसिएसनको अधिवेशनबाट प्रेम गौचन अध्यक्षमा निर्वाचित भएका प्यानल तथा नेपाल भुपु सैनिक संघ रुपन्देहीको अधिवेशनबाट निर्वाचित अध्यक्ष टेक बहादुर रेश्मीलगायत बुटवल अध्यक्ष पृथ बहादुर थापा, तिलोत्तमा अध्यक्ष नर बहादुर कार्कि, सैनामैना अध्यक्ष मुक्त प्रसाद काउचा जिल्ला सचिव दुर्गा बहादुर खत्री, नेपाली काँग्रेस केन्द्रीय विभागमा मनोनित जोवन सिंह ठकुरी, यदुनाथ पाण्डे, र नेपाल किसान महासंघका केन्द्रीय सदस्यमा मनोनित बसन्ता खनाललाई सम्मान गरिएको हो ।

ADVERTISEMENT

क्षेत्रीय सभापति प्रजापाल गिरीको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य राम बहादुर कार्की, जिल्ला कोषाध्यक्ष हरिप्रसाद अर्याल, नगर प्रमुख खेलराज पाण्डे, खड्क बहादुर महत बिमलराज भट्टराईले शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज