काठमाडौं । चलचित्र ‘छक्का पञ्जा-५’ र कमेडी च्याम्पियनको टिमबीच ‘रोस्टिङ ब्याटल’ हुँने भएको छ । असोज २० गते कमलादीस्थित नाचघरमा ‘रोस्टिङ ब्याटल’ हुने भएको हो । यसलाई आयोजकले नेपालको अहिलेसम्मकै ठूलो ‘रोस्टिङ ब्याटल’ हुने दाबी गरेको छ । कार्यक्रममा पाँच सयदेखि १५ सयसम्मको टिकट राखिएको छ । करिब साढे सात सय दर्शकले सहभागिता जनाउने बताइएको छ ।
‘रोस्टिङ ब्याटल’मा ‘छक्का पञ्जा-५’का दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा शिवाकोटीलगायत अधिकांश कलाकार रहनुहुनेछ भने कमेडी च्याम्पियनका भरतमणि पौडेल, सुमन कार्की, सुमन कोइराला, कैलाश कार्की, सन्तोष थापालगायत कमेडियन हुने रोस्टिङ ब्याटलका आयोजक तथा कमेडी च्याम्पियन शोका निर्देशक विशाल भण्डारीले जानकारी गराउनुभयो । दीपाश्री निरौलाले निर्देशन गरेको चलचित्र असोज २४ गतेदेखि देशभरका सिनेमाघरमा आउँदैछ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts