नुवाकोट । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले संविधान संशोधन जनताको सुझाव र सर्वपक्षीय सहमतिमा हुने बताउनुभएको छ ।
संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८१ का अवसरमा जिल्ला मूल समारोह समिति नुवाकोटले आज तादी गाउँपालिका–३ खरानीटारमा आयोजना गरेको प्रवचन कार्यक्रममा उहाँले दुई कार्यकालको संविधानसभाले सबै पक्षलाई न्याय हुनेगरी संविधान निर्माण गरेको र यो विश्वमै उत्कृष्ट रहेको दाबी गर्नुभयो ।
“संविधानमा राज्य सञ्चालनका हरेक तहमा महिलासहित लक्षित वर्गको सहभागिता सुनिश्चित गरिएको छ । यो जनताले बनाएको संविधान भएकाले यसको पूर्ण कार्यान्वयन गर्नु सबैको दायित्व हो”, उहाँले भन्नुभयो ।
नेता महतले वर्तमान गठबन्धन सरकारले संविधान संशोधनका विषयमा छलफल जारी राखेकाले सहमतिबाट निर्णयमा पुगिने धारणा राख्नुभयो संविधान संशोधनमा जनताको सुझाव, संसद्मा सहमति र सबै राजनीतिक दलगतको छलफलबाट निष्कर्षमा पुगिने उहाँको भनाइ थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts