काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते उद्घाटन गरेको धरहरा भोलि संविधान दिवसको अवसर पारी सर्वसाधारणको लागि खुल्ला गरिने भएको छ ।
निर्माण सम्पन्न गर्न ६ पटकसम्म म्याद थप गरिएको धरहरा बिहीबार फेरि उद्घाटन हुन लागेको हो । एक दशकसम्म पनि निर्माण सम्पन्न हुन नसकेको धरहरा फेरि पनि हतारमै उद्घाटन हुँदैछ ।
२०७२ मा भत्किएको धरहराको भग्नावशेष सिसामा राख्ने भनिएको भए पनि अझै पनि धरहराको अवशेष टीनको छाना हालेर राखिएको छ । यो आयोजना पुनःनिर्माण प्राधिकरणको समय सीमा भित्र निर्माण हुन नसकेपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागबाट आयोजना कार्यान्वयन भइरहेको छ ।















