झापा । बालयौन दुराचारकोे आरोपमाआरोपमा झापामा एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ३ सैनिकमोडका ५२ वर्षीय प्रदीप साह रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।
साहले भदौ २७ गते बेलुका ललाईफकाई छिमेकी पाँच वर्षीया बालिकामाथि याैनजन्य गलत क्रियाकलप गरेको किटानी उजुरी परेको छ । दुई दिनपछि पीडित बालिकाले घटनाबारे अभिभावकलाई बताएपछि आइतबार इप्रका बिर्तामोडमा उजुरी दिएका थिए । सोही उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो ।
आरोपबारे अनुसन्धान जारी रहेको बिर्तामोड प्रहरीले जनाएको छ । साह बिर्तामोड प्रहरीको हिरासतमा छन् । आरोप पुष्टि भए साह उपर बालयौन दुराचार कसुर अन्तरगत कारबाही हुने जनाइएको छ ।






