काठमाडौं । चलचित्र ‘साम्बाला’को प्रिमियर गरिएको छ । आइतबार साँझ भएको प्रिमियरमा हेर्न भारतीय कलाकार नवाजुद्दिन सिद्दिकी र निर्देशक अनुराग कश्यप नेपाल आउनुभउको थियो । कलाकार सिद्दिकीले आफू नेपाल पहिलोपटक आएको बताउँदै साम्बाला चलचित्र हेर्ने लोभले नै नेपाल आउन आकर्षित गरेको बताउनुभयो । ‘म नेपाल पहिलोपटक आएको हुँ, साम्बाला हेर्नै भनेर यहाँ आएँ’, उहाँले भन्नुभयो, ‘फेरि पनि नेपाल अवश्य आउँछु ।’ उहाँले नेपाली चलचित्रको विकासक्रमको प्रशंसा गर्नुभयो । सिद्दिकीले मीन भामजस्ता उदीयमान निर्देशकले गर्दा नेपाली चलचित्रको भविष्य उज्ज्वल रहेको बताउनुभयो । त्यस्तै, निर्देशक कश्यपले नेपालको चलचित्र क्षेत्रको स्तरोन्नति हुँदै गएकोमा प्रशंसा गर्नुभयो ।
प्रिमियरमा नेपाली, भारतीय कलाकारदेखि नेताहरूको बाक्लो उपस्थिति थियो । चलचित्र हेर्नकै लागि आउनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन आकर्षित गर्ने अर्को कलात्मक माध्यम चलचित्र रहेको बबताउनुभयो । उहाँले सकेसम्म पर्यटक भित्र्याउने र एकपटक नेपाल आएका पर्यटकलाई पटकपटक आउन प्रेरित गर्ने खालका गतिविधि गर्न जरुरी रहेको सुनाउनुभयो ।
भामको चलचित्र साम्बालाले पर्यटन आकर्षित गर्न महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ थियो । चलचित्र ‘साम्बाला’ जर्मनीस्थित बर्लिनको ७४औं अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोटमा परेको थियो ।
साढे दुई घण्टा अवधिको चलचित्रमा तिब्बतीय जनजीवन समेटिएको छ । बहुपति विवाहित एक गर्भवती महिलाले व्यापार गर्न ल्हासा पुगेर बेपत्ता भएका श्रीमान् खोज्दा भोग्नुपरेको कष्टकर यात्रा चलचित्रमा प्रस्तुत गरिएको छ । साम्बालामा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्यलगायतको अभिनय छ ।
निर्देशक भाम र अविनाशविक्रम शाह लेखेको यो चलचित्र डोल्पाको ४२ सयदेखि ६ हजारको उचाइमा खिचिएको छ । ‘साम्बाला’ तिब्बती र नेपाली भाषामा निर्माण भएको छ । चलचित्र यही शुक्रबारदेखि देशभरका सिनेमाघरमा प्रदर्शनमा आउँदै छ ।
चलचित्र हेर्नका लागि उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, रास्वपा नेतृ सुमना श्रेष्ठ, सांसद तथा निर्देशक असिम शाहदेखि कलाकार नीर शाह, दयाहाङ राई, नाजिर हुसेन, जितु नेपाल, सृष्टि श्रेष्ठ, गायक–गायिका आनी छोइङ डोल्मा, सत्य-स्वरुपराज आचार्य, इन्दिरा जोशीलगायतको उपस्थिति थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts