उर्जामन्त्री खड्का गृहजिल्ला संखुवासभामा
Read Time = 1 min
भोजपुर । पछिल्लो पटक मन्त्री भएपछि पहिलो पटक ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री दीपक खड्का गृहजिल्ला पुग्नु भएको छ । मन्त्री भएपछि पहिलोपटक सोमवार बुद्ध एयरको जहाज मार्फत खड्का गृहजिल्ला पुग्नु भएको हो ।
मन्त्री खड्कालाई तुम्लिङटार विमानस्थलमा संखुवासभाका प्रमुख जिल्ला अधिकारी धुव्र खड्का, नेपाली कांग्रेसका कार्यवाहक सभापति अनन्त गौली, स्थानीय जनप्रतिनिधि तथा जिल्लावासीले स्वागत गर्नु भएको थियो । गृहजिल्ला आईपुग्नु भएको मन्त्री खड्का संखुवासभामा हुने बिभिन्न कार्यक्रमहरुमा सहभागि हुनु हुनेछ ।
मन्त्री खड्कासँगै मन्त्रालयका सचिवसहित अन्य उच्च पदस्थ अधिकारीहरु समेत संखुवासभामा हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






