
झापा । हङकङको प्रिन्सेस मार्गरेट हस्पिटलमा उपचारका क्रममा पाँच दिन अघि मृत्यु भएका झापा मेचीनगर नगरपालिका १० का उत्तम थापाको शव घर ल्याउन तत्काल असम्भव भएको छ ।
सोमबार मृत्यु भएका ४८ वर्षीय थापाको शव घर ल्याउन व्यवहारिक कठिनाइ भएको हो। हाल हङकङमा रहनु भएका नेपाली कांग्रेसका झापा सभापति देउकुमार थेवेले शव ल्याउने खर्च अभाव भएको बताउनु भयाे ।
" यहाँ गर्नु पर्ने कानुनी प्रक्रिया पूरा भएको छ, प्लेनबाट नेपालसम्म शव ल्याउने रकम जुट्न सकिएको छैन" शुक्रबार हिमालय टाइम्ससँग कुरा गर्दै सभापति थेवेले भन्नुभयाे," राजदूतावास, सम्पर्क समिति, हङकङमा बस्ने नेपालीको साझा प्रयासमा शव नेपाल ल्याउने कानुनी प्रक्रिया पूरा गरियो, प्लेनमा लाग्ने पैसाको अभाव भयो ।"
"तीन महिनासम्म अस्पतालमा लागेको खर्च हङकङमा बस्ने नेपालीले जुटाउनु भएको रहेछ" प्लेन भाडाका लागि पनि उहाँहरु जुट्नु भएको छ, प्रयास जारी छ, सरकारले त्यो खर्च बेहोरिदिए थापाको शव घर ल्याउन छिटो र सहज हुने थियोे ।" सभापति थेवेले थापाको शव नेपाल ल्याउन लाग्ने रकम उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गरे । थेवेले थापाको शव नेपाल ल्याउन ६० - ६५ हजार लाग्ने बताउनु भयाे ।
आफ्नो नागरिकको शव स्वदेश लाने प्रबन्ध मिलाउनु सरकारको पनि दायित्व भएको उहाँको भनाइ छ । खर्च अभाव र प्राकृतिक प्रकोपका कारण शुक्रबार हङकङ बन्द हुँदा थप अन्योल सिर्जना भएको थेबेले जानकारी दिनुभयो । हङकङ सरकारले विपत्ति निम्तन सक्ने आँकलन गरेर सर्वसाधारणलाई घर बाहिर ननिस्कन भनेको छ ।
थापाको शव नेपाल ल्याउन सरोकारवाला सबैसँग सल्लाह भइरहेको थेबेले जानकारी दिनुभयाे । उहाँले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि थापाको शव घर ल्याउने काममा निरन्तर लागिपरेको सुनाउनु भयाे।
"महामन्त्रीजी पनि लाग्नु भएको छ, उपचारदेखि नै उहाँले यहाँका साथीहरूसँग समन्वय र सम्पर्क गरिरहनु भएको रहेछ " उहाँले भन्नुभयाे, "निरन्तरको प्रयास सार्थक हुन सकेको छैन, सरकारले तत्काल प्लेन भाडाको प्रबन्ध गर्नु नै यो समस्याको उपयुुक्त समाधान हो, नत्र थापाको शव घर ल्याउन गाह्रो छ ।"
थापाको शव घर ल्याउन हस्ताक्षर सहितको परिवारको निवेदनसमेत त्यहाँ पेस गरिसकिएको छ । अनलाइनमार्फत त्यसको प्रबन्ध मिलाइएको हो । केही दिन अघि घर फर्कने तयारी रहेका सभापति थेबे जिल्लाबासी थापाको शव ल्याउन आफ्नो भ्रमण लम्ब्याएर हङकङमा नै रहेका छन् । मानवीय दृष्टिकोणले पनि थापाको शव घर नपठाई सभापति थेबेलाई नेपाल आउन अफ्ट्यारो परेको हो ।
मृतक थापा महामन्त्री शर्माको गृहनगरका बासिन्दा हुन् । थापा दुर्घटनामा परेको जानकारी पाएदेखि नै कांग्रेसका महामन्त्री शर्माले उनको उपचारमा विशेष चासो राकेका थिए । शर्माले हङकङमा रहेका नेपालीलाई थापाको उपचारमा सहयोग गर्न अपिल गर्नुभएकाे थियाे ।
थापाको शव नेपाल पठाउने आवश्यक कानुनी प्रक्रिया पूरा गर्न र उपचारमा लामो समयदेखि हङकङमा रहेका पुष्पा गुरुङ, सतिस गुरुङ, प्रदीप थापा, जनसम्पर्क समितिका पदाधिकारी, दूतावासका कर्मचारी लागिपरेका छन् । यद्यपि, काम भने हुन सकेको छैन। थापा जिवितै हुँदा पनि नेपाल ल्याउने कोसिस नगरिएको भने होइन ।
करिब तीन महिना अघि गैरकानुनी रुपमा चीनबाट हङकङ जाने क्रममा बोट समुद्रमा दुर्घटना भएर थापा गम्भीर घाइते भएका थिए । गिदी छरिएको अवस्थामा समुद्रको तटमा फेला परेका थापालाई उद्दार गरेर अस्पताल पुर्याइएको थियो। तर, के भएर बोट दुर्घटना भएको हो त्यसको प्रमाण अहिलेसम्म फेला परेको छैन ।
त्यसबेला थापाको साथबाट भिसाको कागज र सामान्य झोलामात्रै भेटिएको थियोे । त्यही प्रमाणका आधारमा थापा नेपाली नागरिक हुन् भन्ने पत्ता लागेपछि महावाणिज्य दूतावासमा खबर आएको थियो । महावाणिज्यदूत उदय रानाले नेपालमा सम्पर्क गर्दा थापा मेचीनगरबासी भएको पत्ता लागेको थियो।
लामो समय भ्यान्टिलेटरमा राखेर उपचार गराइरहेका थापाले मृत्यु हुनु केही दिन अघि परिवारको कुरा सुनाउँदा उनले आँसु खसाल्दै सुनेका थिए । तर उनको बोल्ने, खाने अवस्था थिएन । थापाको ब्रेनमा रगत जमेको र टाउकाको बाहिरीपट्टिको हड्डी खोलेर समेत केही दिन उपचार समेत गरिएको थियोे ।
थापाको उपचारमा ६ लाखभन्दा बढी हङकङ डलर खर्च भइसकेको थियोे । ५ लाख हङकङ डलर (नेपाली रुपैयाँ एक करोडभन्दा माथि) को बिल अस्पतालले दूतावासमा पठाएको थियो ।
गैरकानुनी रुपमा थापा हङकङ पसेकाले यहाँको सरकारलाई उपचार गराउन दबाब दिने अवस्था नभएपछि त्यहाँ रहेका नेपाली सहयोग संकलन गरेका थिए। अन्तर्राष्ट्रिय झापाली समाजसँग पनि रकम जुटाउने विषयमा कुरा भएको थियो।
थापाको उपचार सम्लग्न प्रिन्सेस मार्गरेट हस्पिटलका चिकित्सकले पटकपटक थापालाई परिवारसँगै राख्दा हुने बताइरहेका थिए । त्यहीबेला थापाको निधन भएको थियोे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच