जुम्ला । जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, तिलगंगा आँखा अस्पताल काठमाडौं र स्थानीय निकायको समन्वयमा जुम्लाको तीन स्थानीय तहमा संचालन भएका आँखा शिविरबाट ४ सय ९८ जना लाभान्वित भएका छन् ।
पातारासी गाउँपालिकाको डिल्लीचौर स्वास्थ्य चौकीमा संचालन भएको आँखा शिविरमा १४२ जना बिरामीको निःशुल्क आँखा परीक्षण गरिएको छ । ३२ जनाको मोतियाबिन्दु भएका बिरामीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शल्यक्रियाका लागि रिफर गरिएको डिल्लीचौर स्वास्थ्य चौकीका जनस्वास्थ्य निरीक्षक सर्जन शाहीले जानकारी दिनुभयो ।
जुम्ला तातोपानी गाउँपालिका-७ स्थित ताम्ति स्वास्थ्य चौकिमा संचालन भएको आँखा शिविरमा १ सय ३७ जनाले सेवा लिएकाछन् । २७ जनाको मोतिबिन्दुको शल्यक्रियाका लागि कर्णाली स्वास्थ्य विज्ञानमा छनोट गरिएको तातोपानी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद चौंलागाईले बताउनुभयो ।
सिंजा गाउँपालिकाको नराकोट स्वास्थ्य चौकीमा संचालन भएको आँखा शिविरमा दुई सय १९ जना लाभान्वित भएकाछन् । ३९ जनालाई मोतिबिन्दुको शल्यक्रियाका लागि प्रतिष्ठानमा रिफर गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाको भनाइ छ ।
शिविरबाट रेफर भएर आएका बिरामीको विश्व प्रसिद्ध आँखा चिकित्सक डाक्टर सन्दुक रुइतको उपस्थितिमा भदौ २२, २३ र २४ गते कर्णाली स्वास्थ्य विज्ञानमा आँखाको मोतिविन्दुको शल्यक्रिया गरिने प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले जानकारी दिनुभयो ।
भदौ १८,१९रं २० गते उक्त स्थानीय तहका स्वास्थ्य चौकीमा निःशुल्क आँखा शिविर संचालन भएको कर्णाली स्वास्थ्य विज्ञानको आँखा विभागले जनाएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा