धादिङ । निरन्तर बर्षाका कारण पहिरो खस्दा पृथ्वी राजमार्गअन्तर्गत धादिङको महादेवबेसी गजुरी सडक खण्ड अवरुद्ध भएको छ ।
आज बिहानदेखी परेको वर्षाका कारण सिम्ले बजार नजिकै चट्टानसहितको पहिरो खस्दा उक्त सडकखण्ड अबरुद्ध भएको हो । सडक अवरुद्ध भएपछी राजधानी प्रवेशका लागि आएका र राजधानीबाट बाहिरिएका सबै सवारीका साधनहरु ठप्प भएका छन् ।
यसैगरी चितवनको ईच्छाकामना गाउँपालिकास्थित बडा नम्वर ४ मा पर्ने घेप्टेभीरमा पनि पहिरोका कारण सडक अबरुद्ध भएको छ ।
दुवै स्थानमा खसेको पहिरो हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।






