निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा पशु आहार बितरण

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा निजामती कर्मचारी युनियन रुपन्देहीले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण गरेको हो ।

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेको अध्यक्षतामा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस रूपन्देहीका सभापति एवम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाण रहनु भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी खाणले गौ संरक्षणमा सवै जुट्नु पर्ने र सबैले आफु सक्दो खानाको व्यवस्था गर्ने भने गौमाताको रक्षा सहज ढंगले हुने बताउँदै कर्मचारी युनियनको स्थापना दिवशको अवसरमा सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो ।

ADVERTISEMENT

कार्यक्रममा विशिष्ट अतिथि नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, बुटवल उपमानगरपालिका वडा नं ४ का वार्ड अध्यक्ष नरिश्वर शर्मा पौडेललगायतले गौ संरक्षणमा स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारले बिशेष चासो राख्न पर्ने बताउनुभएको थियो ।

कार्यक्रमका अध्यक्ष चक्रपाणी पाण्डेले युनियनले सामाजिक उत्तरदायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहने बताउनुभएको थियो । साथै उहाँले युनियन दिवसको उपलक्ष्यमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरूम कार्यसम्पादनमा अझ वढि निखारता आओस् भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत टेकराज पन्थी र सञ्चालन रुपन्देहीका भोजराज न्यौपानेको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज