झापा । झापाको बुट्टाबारीमा अहिले साँझ ना. ५ ख ९१२२ नम्बरको ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुईजना युवा अचेत भएका छन् । उनीहरूको विएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ ।
पश्चिम आउँदै मे.१० प ३५४४ नम्बरको मोटरसाइकल गरेको बिर्तामोडको पूर्व जाँदै गरेको ट्रकले ठक्कर दिँदा इलाम सूर्योदय नगरपालिका वडा नम्बर ५ बस्ने २६ वर्षीय रुपेश बुढाथोकी र सोही ठाउँक्स २४ वर्षीय दिवाकर राई अचेत बनेका हुन् ।
ट्रक चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३१ वर्षीय संजय माझीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।






