हेटौंडा । हेटौंडामा ट्रकको ठक्करबाट एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा–९ का २५ वर्षीय अभिषेक सुवेदी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
हेटौंडा –१९, नेवारपानीस्थित कोशिस पेट्रोलपम्प नजिकै पुर्व–पश्चिम सडकखण्डमा ट्रकले ठक्कर दिँदा उनको मृत्यु भएको हो।
प्रहरीका अनुसार सोमबार बिहान ९ : २० बजेको समयमा नवलपरासीबाट झापाको लागि सिमेन्ट लोड लिएर आउँदै गरेको बागमती प्रदेश ०३–००१ ख २०८६ नम्बरको ट्रकले हेटौंडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०२२ प २५०२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुवेदी गम्भीर घाइते भएका थिए ।
घाइते सुवेदीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकाेमा बिहान १० बजेको समयमा डाक्टरले मृत घोषणा गरेका थिए ।
ट्रक चालक दाङको गडुवा गाउँपालिका–२ का २३ वर्षीय चन्द्र प्रसाद चौधरीलाई नियन्त्रणमा लिइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts