बाँके । बाँकेको नरैनापुरमा झाडा पखालाबाट ४ जनाको मृत्यु भएको छ भने अन्य ८ जना विरामीमा झाडा पखाला देखिएको स्वास्थ्य कार्यालय बाँकेले बताएको छ ।
बाँकेकाे नरैनापुर गाँउपालिकामा केहि दिन देखी झाडापखालाका बिरामी देखिएका थिए । स्थानिय स्तरमै उपचार नपाएरै चार जनाको मृत्यु भएको बताइएको छ । झाडा पखालाबाट मृत्यु हुनेमा २५ बर्षिय रुसा पासी, उनकी डेढ बर्षिय छोरी नन्दनी पासी, १० वर्षिय युसुफ अली र ६० बर्षिया शान्ति पासीको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले हिमालय टाइम्सलाई बताउनु भयो ।
उहाँकाअनुसार अन्य ८ जना विरामी छन् । ति विरामी मध्ये १ जनालाई भेरी अञ्चल अस्पतालमा थप उपचारका लागि लगिएको छ । झाडा पखालाकै कारणले मानिसको मृत्यु भएको खवर बाहिरिए लगत्तै स्वास्थ्य कर्मीको टोली यतिखेर नरैनापुरमा पुगिसकेको छ ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले हिमा्लय टाइम्स संग कुरा गर्दै आफुहरु र स्वास्थ्य कर्मीको टोली नरैनापुरमा पुगेको र विरामीको उपचार जारी रहेको बताउनु भयो ।
अहिले सो क्षेत्रमा १ सय भन्दा बढी स्वास्थ्य कर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले यसलाई प्रकोप भन्न नमिल्ने बताउदै केहि दिन भित्र नियन्त्रणमा आउने बताउनु भयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts