टोकियो । जापानमा यो वर्षको पहिलो छ महिनामा करिब ४० हजार मानिसहरू घरमा एक्लै मरेका छन् । यो तथ्यांक जापानी प्रहरीको प्रतिवेदनमा दिइएको हो ।
राष्ट्रिय प्रहरी एजेन्सीका अनुसार तीमध्ये करिब चार हजार जनाको शव मृत्यु भएको एक महिनापछि फेला परेको थियो भने १३० जनाको शव झण्डै एक वर्षदेखि बेपत्ता रहेका थिए । संयुक्त राष्ट्रसंघका अनुसार हाल जापानमा सबैभन्दा बढी वृद्ध जनसंख्या रहेको छ । अनि एक्लोपन पनि त्यहाँ एक गम्भीर समस्या हो ।
जापानी प्रहरी एजेन्सीले प्रतिवेदनले देशमा एक्लै बस्ने र एक्लै मर्न बाध्य हुने वृद्धवृद्धाको समस्यालाई उजागर गर्न मद्दत गर्ने आशा गरेको छ ।
राष्ट्रिय प्रहरी एजेन्सीको तथ्यांक अनुसार घरमा एक्लै बस्ने करिब ३७ हजार २२७ व्यक्ति मृत अवस्थामा फेला परेका छन् । यी मध्ये ७० प्रतिशत व्यक्ति ६५ वा माथिका थिए । करिब ४० प्रतिशत मानिसको शव एकै दिनमा फेला परेको थियो भने करिब तीन हजार ९३९ जनाको शव मृत्यु भएको एक महिनापछि भेटिएको थियो ।
जापानी सार्वजनिक टिभी नेटवर्क एनएचकेका अनुसार पुलिस एजेन्सीले यो डाटा सरकारी समूहलाई दिनेछ जसले दाबी नगरिएको मृत्युको अनुसन्धान गरिरहेको छ । यस वर्षको सुरुमा, जापनिज राष्ट्रिय जनसंख्या र सामाजिक सुरक्षा अनुसन्धान संस्थानले भनेको थियो, ‘देशमा ६५ वर्ष र माथिका नागरिकहरूको संख्या सन् २०५० सम्ममा १.०८ करोड पुग्न सक्छ ।’ एजेन्सी ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा