भोजपुर । लघुवित्त कर्मचारी मिलन केन्द्र भोजपुरले प्रमुख जिल्ला अधिकारीसँग सुरक्षाको माग गरेको छ । केन्द्रका जिल्ला अध्यक्ष गणेश श्रेष्ठ नेतृत्वमा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर लघुबित्तमा कार्यरत कर्मचारीहरु माथि बिभिन्न ठाउँहरुमा गाली गलोज तथा अभद्र ब्यवहार हुदै आएको भन्दै जिल्ला तहमा यस्तो घटना हुन नदिन सुरक्षाको माग गरेको हो ।
लघुवित्त वित्तीय संस्थामा काम गर्ने कर्मचारीहरु गाउँ गाउँ गएर बैकिङ सेवा पुर्याउनु पर्ने भएकाले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारी नर बहादुर थापासँग आफुहरुले शान्ति सुरक्षाको माग गरेको केन्द्रका अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “करिव ३० बर्ष अगाडी देखि बैकिङ क्षेत्रको पहुँच नपुगेको क्षेत्रहरुमा पुगेर बित्तिय संस्थाहरुले सेवा गर्दे आई रहेको छ, बचत गर्न सिकाउँदै आयआर्जन र ब्यवसायमा लाग्न प्रोत्साहन गर्ने काम पनि बित्तिय संस्थाले गरेका छन ।”
लघुबित्तहरुले महिला लक्षित कार्यक्रमहरु संचालन गर्दे आई रहेको छ । नेपालको बैकिङ तथा लघुबित्तहरुको बिरुद्धमा पछिल्लो समयमा भ्रम फैलाउने, गाली गलोज गर्दे कर्मचारीहरु माथि हातपात गर्ने जस्ता कार्यहरु हुन थालेकाले भोजपुरमा पनि यस्ता घटनाहरु हुन नदिन प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको केन्द्रका सचिव खगेन्द्र चम्लागाईले बताउनुभयो । मुलुकमा संचालित लघुबित्तहरुमा हाल करिव ६० लाख महिलाहरु आवद्ध रहेको र खरवौको कारोवार हुदै आएकोले गृह मन्त्रालय, राष्ट्र बैक, जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय यस तर्फ संवेदनशिल बन्नु पर्ने सचिव चम्लागाईले बताउनुभयो ।
सचिव चम्लागाईले भन्नुभयो, “लघुबित्त बितिय संस्थाका कर्मचारीहरु गाउँ गाउँमा गएर सेवा प्रवाह गर्नु पर्ने भएकाले सुरक्षित भएर काम गर्ने बातावरण निर्माणका लागि मिलन केन्द्रले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको हो ।” भोजपुर जिल्लामा मात्र हाल एक दर्जन भन्दा बढी लघुबित्तहरु क्रियाशिल छन् ।
यस्तै गृह मन्त्रालयले बैंक तथा वित्त संस्था र ती क्षेत्रमा कार्यरत कर्मचारीको सुरक्षालाई ध्यानमा राखी काम गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । पछिल्ला दिनहरूमा बैंक तथा वित्त संस्थाका कर्मचारीमाथि दुर्व्यवहार भएको र सुरक्षाको चुनौती समेत रहेको गुनासो बढेपछि मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा दिन र अवाञ्छित क्रियाकलाप रोक्न निर्देशन दिएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts