पहिरोले अवरुद्ध कर्णाली राजमार्ग संचालनमा आउन दुई दिन लाग्ने

विजय रावत जुम्ला, संवाददाता
विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । अविरल वर्षाले अवरुद्ध कर्णाली राजमार्ग पूर्णरुपमा संचालनमा आउन दुई दिन लाग्ने भएको छ । सुर्खेत - जुम्ला सडकखण्डअन्तर्गत गएराती आएको अविरल बर्षाले कालिकोट जिल्लाको गगनेखोला र दहीखोलामा पहिरोले सडक पुरै भत्किएपछि पुनःनिर्माण गर्न दुई दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी वीर बहादुर जिटीले जानकारी दिनुभयो ।

कार्यालयबाट दुई जना सव-इन्जिनियर र कामदार अवरुद्ध ठाउँमा खटाएका छौ । सडक संचालन गर्नका लागि थप स्रोत साधनको सुर्खेत सडक डिभिजन कार्यालयबाट माग गरिएको छ । अहिले अवरुद्ध ठाँउमा मेसिनले सडक बनाउने काम भइरहेको सडक डिभिजन कार्यालय जुम्लाका सुचना अधिकारी जिटीले बताउनुभयो ।

ADVERTISEMENT

यो वर्षमा साना ठुलागरी राजमार्गमा करिब ४० भन्दा बढी पटक पहिरोले सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । राजमार्ग बन्द हुँदा जुम्ला, मुगु र कालिकोटबाट सुर्खेत, नेपालगंज र काठमाडौ जाने सवारी साधन बिच बाटोमै रोकिँदा सयौ यात्रुहरु अलपत्रमा परेकाछन् ।

वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला,गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो गएपछि माथिल्लो कर्णालीका स्थानीयवासिलाई दुख हुने गरेको छ । यी जोखिम ठाउँहरुमा सडकको स्तरउन्नती सम्बन्धि निकायको ध्यान जान नसक्दा बर्षेदेखि कर्णालीका आम नागरिकले दुख पाउने गरेकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?