ढुङ्गासहितको पहिरो खस्दा महाकाली लोकमार्ग अवरुद्ध

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

-गणेश धामी

दार्चुला । आज बिहान ८ बजेतिर सुख्खा पहिरो खस्दा महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर खलंगा सडकखण्डको मालिकार्जुन गाउँपालिका-८ मेलखेत धामीगाडामा सडक अवरुद्ध भएको छ ।

सडक अबरुद्ध हुँदा यातायातका साधनहरु सञ्चालनमा अवरोध सिर्जना भएको छ । लोकमार्गको विभिन्न स्थानमा पहिरो थुप्रिएपछि यातायात सेवा ठप्प भएको हो । पहिराको कारण जिल्लाबाट बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु सडकमै रोकिएका छन् ।

ADVERTISEMENT

दार्चुलाबाट महेन्द्रनगर, काठमाडौं आउने दिवा तथा रात्री सेवाका बसहरु सडक अवरुद्ध भएपछि बाटोमै रोकिएका छन् । पटक पटक पहिरोको कारण अबरुद्ध हुने लोकमार्गमा छोटो दुरीका सवारी साधनहरुसमेत सञ्चालन हुन नसक्दा यात्रुहरुले सास्ती भोग्नुपरेको छ ।

बिहानै देखि डिभिजन सडक बैतडी पाटनको जेसीबी पहिरो सफाई गरिरहेको भए पनि ठूलो ढुङ्गा फुटाउन स्काइभेटर चाहिने भएको हुँदा स्काइभेटर आएपछी मात्रै ढुङ्गा हटाएर बाटो सुचारु गर्न सकिने सुपरभाइजर गणेश बोहराले जानकारी दिनुभयो । 'नजिक स्काइभेटर नहुँदा तत्काल बाटो खुलाउन सकिने अवस्था छैन, सडक विभागलाई खबर गरेका छौ यद्यपि स्काइभेटर पुग्यो भने एक घण्टा भित्र बाटो खुल्छ', सुपरभाइजर बोहाराले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *