काठमाडौं । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्तीदेवी राई निर्वाचित हुनुभएको छ। राईले रामकुमारी झाँक्रीलाई पराजित गर्नुभएको हो ।
राईले १८९ मत पाउँदा झाँक्रीले ११२ मत पाउनुभएको छ। राई माधव नेपालको टिमबाट हुनुहुन्थ्यो भने झाँक्री जलनाथ समूहबाट उम्मेदवार बन्नुभएको थियो ।
राई यस अघि पनि एकीकृत समाजवादीको उपाध्यक्ष नै हुनुहुन्थ्यो । मतगणनाको अन्तिम परिणाम भने आइसकेको छैन ।








देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता