म्याग्दी । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मंगलबार साँझ पुनः हिउँपहिरो खसेको छ।
मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा यही भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । थासाङ गाउँपालिका–२ का वडाध्यक्ष समेत रहेका थासाङ गाउँकार्यपालिकाका प्रवत्ता गौतम शेरचनले हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएको बताउनुभयो । ।
‘यसअघिको पहिरो मूलखर्क क्षेत्रमा थुप्रिएको थियो, आजको हिउँपहिरो बोक्सीखोलाको नजिकै धेरै तलसम्म आएको छ’, उहाँले भन्नुभयो, ‘हिउँपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।’
बोक्सीखोला कालीगण्डकीको सहायक नदी हो । मंगलबार साँझ ५ः४५ मा हिउँपहिरो खसेको थियो । आसपासमा बस्ती नभए पनि बेनी–जोमसोम सडक बोक्सीखोलामा पर्दछ । यसअघि विसं २०७८ कात्तिक २८ र फागुन २१ गते थासाङ गाउँपालिका–२ कोवाङमा टुकुचे हिमालबाट आएको हिमपहिरोमा पुरिएर १५० भन्दाबढी चौँरीगाई मरेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता