पाल्पा । हिमालय टाइम्स पाल्पा संवाददाता रामचन्द्र रायमाझी लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।
नेपाल पत्रकार महासंघ पाल्पाले मंगलबार तानसेनमा एक औपचारिक कार्यक्रमको आयोजना गरी रायमाझीलाई पुरस्कृत गरेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, बरिष्ठ पत्रकार मेघराज शर्मा, लुम्बिनी प्रदेश सभामुख तुलाराम घर्तीमगर, प्रदेश आर्थिक मामिला मन्त्री धनबहादुर कार्की, स्वास्थ्यमन्त्री खेमबहादुर सारु, शाखा अध्यक्ष रेखीराम राना लगायतका अतिथिहरुले नगदसहित प्रमाणपत्रबाट सम्मान गर्नुभएको थियो ।
विगत डेढ दशकदेखि पाल्पामा रहेर सक्रिय पत्रकारिता गर्दै आउनुभएका रायमाझीले विशेष गरी आर्थिक, राजनीतिक, सामाजिक क्षेत्रमा सक्रिय रुपमा कलम चलाउँदै आउनुभएको छ । अर्थशास्त्रबाट स्नाकोत्तर अध्ययन गर्नुभएका रायमाझीले पुरस्कृत भएसँगै पत्रकारिता क्षेत्रमा लाग्न थप उत्प्रेरणा मिलेको बताउनुभयो ।
महासंघले रायमाझीसहित विभिन्न विधामा एक दर्जन पत्रकारलाई समेत पुरस्कृत गरेको छ । महासंघले लुम्बिनी मेडिकल कलेजबाट स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कारबाट शाखाका पुर्व अध्यक्षहरु झपेन्द्र गहिरे र भगवान भण्डारी, मेघ गोविन्द, झपेन्द्र पत्रकारिता पुरस्कारबाट शाखाका संस्थापक सचिव भरत शर्मा, तानसेन नगरपालिकाबाट स्थापित उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पत्रकारहरु कृष्ण कार्की, यम गाहा (मिलन) र मुक्ति न्यौपाने, जिल्ला समन्वय समितिबाट स्थापित सिर्जनशिल पत्रकारिता पुरस्कारबाट मिलन विक, कृष्ण दर्नाल र सिता डोटेल, रामपुर नगरपालिकाबाट स्थापित ग्रामिण पत्रकारिता पुरस्कारबाट शुसिला रेग्मी र रमा भण्डारी, सामाजिक जागरण पत्रकारिता पुरस्कारबाट दयाराम न्यौपाने र मानवअधिकार पत्रकारिता पुरस्कारबाट नारायाण न्यौपाने पुरस्कृत गरेको हो ।
यसैगरी महासंघले लेखनवृत्ति पत्रकारिता पुरस्कारबाट विरेन्द्र घिमिरे, विष्णु खनाल, कमल अधिकारी, नेत्र गैरे, रिमा सोमै, सुनिल कार्की, धनबहादुर ठाडालाई पुरस्कृत गरेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts