अहिले हाम्रो देश नेपालमा ‘पाँचतारे होटेल’को संख्या २२ पुगेको छ । ती २२ मध्ये तीनवटा ‘हेरिटेज र बुटिक होटेल’ स्तरका पाँचतारे होटेल रहेका छन् भने, ती बुटिक होटेलको कोठा ५ सय ८१ वटा रहेको र बेड संख्या चाहिँ ५सय ८१ वटा रहेको जनाइएको छ । २२ वटा पाँचतारे होटेलमध्ये डिलक्स होटेलमा १ सय १ कोठा संख्या र ती १ सय १ कोठामा १सय ८५ वटा बेड संख्या रहेको छ भनेदेखि बाँकी पाँचतारे होटेलमा ३ हजार ७७ वटा कोठा र ती ३ हजार ७७ कोठामा ४ हजार ६ सय ३२ वटा बेड संख्या रहेको छ । त्यस्तै गरेर चारतारे होटलमा चाहिँ २ हजार ६ सय ८५ कोठा रहेको छ ।
ती २ हजार ६ सय ८५ कोठा ३ हजार ९ सय ७९ वटा बेड संख्या छ भने नेपालमा रहेका तीनतारे होटेलमा २ हजार २२१ कोठा र ती २२१ वटा कोठामा ३ हजार ७ सय ३१ बेड संख्या छ । हुन पनि चालु आर्थिक वर्ष (०८०-८१) मा ३६ वटा चारतारे होटल सञ्चालनमा आएको छ भने ३७ वटा तीनतारे होटल सञ्चालनमा आएका छन् । उता दुईतारे होटल चाहिँ ४४ वटा सञ्चालमा छन् । ३९ वटा एकतारे होटेल सञ्चालनमा छन् भने देशभरि पर्यटकस्तरीय होटेलमात्रै लगभग १४ सयवटा सञ्चालनमा छन् । हुन पनि पर्यटन क्षेत्रमा अनौपचारिक रूपमा के भन्ने गरिन्छ भने, हालसम्म नेपाली होटेल उद्योग-क्षेत्रमा लगभग २३-२४ खर्ब नेपाली रुपैयाँबराबर लगानी भइसकेको छ ।
पर्यटनको मेरुदण्डका रूपमा रहेको होटेल क्षेत्रलाई सरकारले जतिसक्दो छिटो उद्योगको मान्यता दिएर सोही अनुसारको सहुलियत होटलका सञ्चालकलाई उपलब्ध गराउनुपर्छ । त्यसै पनि निजी प्रयासमा नेपालमा तारे होटल र पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेष्ट हाउस, लज, होमस्टे बन्ने क्रम देशव्यापी जारी छ ।
यस्तो रकम आर्थिक वर्ष ०७८-८९ मा लगभग २१ अर्ब नेपाली रुपैयाँबराबर मात्रै रहेको थियो भन्ने भनाइ नेपाली होटेल उद्योग-क्षेत्रमा लगानी गरेका उद्योगी-व्यवसायीहरूको रहेको छ । नेपालमा नयाँ थपिएका पाँचतारे होटल र पहिलेदेखि नै सञ्चालन हुँदै आएका पाँचतारे होटल गरेर ३६ वटा पाँचतारे होटलको संख्या पुग्ने छ । साथै ती ३६ वटा पाँचतारे होटलको बेड संख्या पाँच हजार २ सय ३४ वटा पुग्नेवाला छ । यसरी थपिएका पाँचतारे होटल र होटलको बेड संख्याले नेपाल आउने विदेशी पर्यटकहरू जो ‘लक्जरी’ तथा ‘डिलक्स’ सेवा सुविधा उपभोग चाहन्छन्, त्यस्ता विदेशी पर्यटकहरूका लागि प्रशस्त बेड संख्या र सेवासुविधा उपलब्ध हुने देखिन्छ ।
त्यसो त विश्वले होटलका साथै समग्र पर्यटन क्षेत्रलाई ‘धुवाँरहित उद्योग’को मान्यता दिएको छ । अथवा विश्वमा समग्र पर्यटन उद्योगलाई ‘धुवाँरहित उद्योग !’ भनेर चिन्ने गरिन्छ । सामान्यतया पर्यटन उद्योग भन्नाले होटल, मोटेल स्मरणीय छ, नेपालमा मोटेल भए, नभएको यो पंक्तिकारलाई जानकारी छैन । त्यस्तै कटेज, रिसोर्ट, गेष्ट हाउस, लज, होमस्टेका साथै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जमेको हिउँ (नीलो ढिक्का) चढ्ने, आइस क्लाइम्बिङ गर्ने, निकुञ्ज पर्यटन, बन्जी जम्पिङ, क्यानोइङ, स्कि खेल, बर्ड वाचिङ, फिसिङ, शिकार पर्यटन, हट एयर बेलुनिङ, जिप फ्लाइएर, चट्टान आरोहण, स्काई वाक, कायाकिङ, साइक्लिङ, जंगल सफारी, मोटर ड्राइभिङ, बाइकिङ, हाइकिङ, स्काई ड्राइभ, माउन्टेन फ्लाइट, कल्चरल टुर, मेडिकल टुर, ध्यान-योग पर्यटन, गाउँ अवलोकन भ्रमण, एकल जातीय बस्ती भएका गाउँहरूको भ्रमण, प्राचीन शहर, स्मारक, किल्ला, सांस्कृतिक सम्पदा, युद्घस्थलको भ्रमण, पुतली अवलोकन, जंगली जनावहरूको अवलोकन आदिलाई बुझिन्छ ।
विश्वभरि नै पर्यटनको मेरुदण्डका रूपमा रहेको होटेल क्षेत्रलाई सरकारले जति सक्दो छिटो उद्योगको मान्यता दिएर सोही अनुसारको सहुलियतहरू होटलका सञ्चालकहरूलाई उपलब्ध गराउनुपर्छ । त्यसै पनि निजी प्रयासमा नेपालमा पाँचतारे, चारतारे, तीनतारे, दुईतारे, एकतारे र पर्यटकस्तरीय होटल, कटेज, रिसोर्ट, गेष्ट हाउस, लज, होमस्टे बन्ने र थपिने क्रम देश व्यापी रूपमा बढ्दो क्रममा रहेको छ । कुनै पनि मान्छे आफ्नो देश छाडेर दोस्रो देश जाने बित्तिकै वा आफ्नो घर छाडेर अन्यत्र जाने बित्तिकै सबैभन्दा पहिले बस्ने व्यवस्था हुनु जरुरी हुन्छ । त्यसपछि मात्रै उसले के खाने के पिउने ? भन्ने चिन्ता गर्छ वा खाने/पिउनेको व्यवस्था गर्छ ।
अथवा कुनै पनि मान्छेले आफ्नै देशमा पनि आफ्नो घर छाडेर २४ घण्टा वा एक रात बिताउने गरी दोस्रो ठाउँ जाने बित्तिकै उसलाई सबैभन्दा पहिले बस्ने व्यवस्थाकै आवश्यकता पर्छ । यस्तो खालको भ्रमणमा निस्लने मान्छेलाई नै पर्यटक मान्ने गरिन्छ । अर्को महत्वपूर्ण कुरो के भने, जसले आप्mनो घर वा देश छाडेर एक रात एक दिन (२४ घण्टा) बाहिर गएर बिताउँछ, उसलाई पर्यटक (आन्तरिक र बाहृय पर्यटक) मान्ने भन्ने संयुक्त राष्ट्र संघसँगको मातहत रहेको ‘विश्व पर्यटन संगठन (युएन-डब्लुटिओ)’ को मान्यता वा परिभाषा रहेको छ ।
समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा कोभिड-१९ को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति भइरहेको थियो । तर, यसपछि सन् २०२२ र सन् २०२३ मा पनि नेपालमा पर्यटनले अपेक्षा गरेभन्दा राम्रो प्रगति गर्यो ।
त्यसरी हेर्दा त कहिलेकाँही भारतीय सीमा क्षेत्रको होटल वा लजमा बसेर दिउँसो एकैछिन् नेपाल घुमेर बास बस्न भारततिरै जाने विदेशी (विशेषतः बौद्ध धर्मालम्बीहरू) पर्यटकलाई हामीले पर्यटक मान्ने कि नमान्ने ? खास गरी हाल भगवान मानिएको र बुद्ध धर्मका प्रवद्र्धक मानिएका गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा घुम्न एक छिन नेपाल आउने र सोही दिन भारततिरै फर्किने विदेशी पर्यटकहरूलाई हामीले पर्यटकको सूचीमा राख्ने कि नराख्ने ? यस बारेमा हामीले गम्भीर भएर सोच्ने दिन पनि आइसकेको छ ।
समग्र नेपालको पर्यटन उद्योगको पनि विशेषतः होटल क्षेत्रको कुरो गर्दा कोभिड-१९ को महामारीअघि ‘दिन दुई गुणा रात चौ गुणा’ले उन्नति भइरहेको थियो । तर, पनि यसपछि सन् २०२२ र सन् २०२३ मा पनि नेपालमा पर्यटनले अपेक्षा गरेभन्दा राम्रो प्रगति गर्यो । किनभने (कोभिड-१९) पछि, सन् २०२३ मा मा १० १४ ८७६ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेको तथ्यांक हालै प्रकाशित भएको छ । त्यसो त नेपाली होटल क्षेत्रको कुरो गर्दा लगभग पाँच वर्षअघि आएको समाचार अनुसारमा नेपाली होटल उद्योगमा लगभग १२ खर्ब लगानी भइसकेको भन्ने भनाइ रहेको थियो ।
त्यसको आधारमा हेर्दाखेरि हालसम्म थप १८/१९ खर्ब रुपैयाँबराबरको रकम नेपाली होटल उद्योगमा लगानी भइरहेको अनुमान गर्न सकिन्छ । अहिलेसम्म काठमाडौं उपत्यकाबाहिर १३ वटा पाँचतारे होटल खुलिसकेका छन् । दर्जनौं पाँचतारे होटेल खुल्ने क्रममा छन् । अहिले नेपाली होटल उद्योगले लगभग ४० (दैनिक रूपमा) हजार पर्यटक धान्नसक्ने क्षमता विकास गरिसकेको छ ।
तर, अहिले नेपालमा दैनिक विदेशी पर्यटक आगमन दैनिक दुई हजार २२ सयदेखि तीन हजार ३२ सयसम्म मात्रै रहेको तथ्यांक रहेको छ । निश्चय नै नेपाली होटेल उद्योगका लागि यो स्थिति रहनु राम्रो होइन । त्यसैले नेपाली होटेल क्षेत्रको बेड संख्या क्षमताको दैनिक कम्तीमा आधा विदेशी पर्यटकको आगमन हुन सकेदेखि खर्बौं लगानी गरेका होटेल उद्योगीहरूले राहत पाउने थिए कि ? यसका लागि सरकारले ध्यान दिनुपर्ने हुन्छ ।






