✍️ सुशील दर्नाल
‘घरमा श्रीमान् जहिल्यी रक्सीमात्रै खाने केही काम पनि नगर्ने पैसा पनि नकमाउने, चारजना छोराछोरीमा पाल्न पनि गाह्रो भएको थियो, एकपटक म आफैँ भए पनि विदेश गएर पैसा कमाएर ल्याउनु भन्ने सोँचले हुन्छ त नि विदेश जान्छु भनिहाले तर दलालले इण्डिया लगेर बेश्यालयमा पुर्यायो’ सिन्धुपाल्चोककी संगीता लामाले सुनाइन । कुनै दिन यस्तो लाग्थी यो कि विदेश जान पाइयो भने त जत्तिपनि पैसा कमाउन सकिन्छ । उनले गत साल विदेश जाने निणर्य गरिन । तर दलालले भारत हुँदै कुवेद पुर्याउनु भनेर भारतको बेश्यालयमा पुर्यायो ।
तर आफ्न्तको साहारामा नेपाल फर्किएपछि भने अहिले कृषि व्यवसाय थालेकी छन् । नेपाल आएपछि उनी ऋण धन गरेर भएपनि कषि खेतीमा सक्रिय छन् । त्यही कृषि खेतीबाट उनले आफ्न्तसँग लिएको ३० हजार रुपैयाँ पनि तिरिसकेकी छन् । अहिले संगीताले बारीभरी चिप्ले भिण्डी र तिते करेला लगाएकी छन् । मौसम अनुसारको तरकारीबाट उनलाई अहिले मनग्य आम्दानी भएको छ । संगीताले भनिन, ‘इण्डियामा तीन महिना बस्ता नर्कको जीवन जिउन बाध्य भएकी थिए, तर अहिले मलाई यहाँ स्वर्गजस्तै लागेको छ, आफ्नै घरमा कुखुरा पालेर खेतीपाति गरेर छोराछोरीलाई स्कुल पढाउन खान लाउन पुगेकै छ ।’ ‘महिला भएर खाली विदेश विदेशमात्र भनेर नहुँदो रहेछ, आफू जान्ने बुफ्ने नभएपछि दलालको हातमा परिदो रहेछ, त्यो दलालले मैले ऋण काडेर दिएको ९० हजार रुपैयाँ पनि खाइदियो, त्यो ९० हजारले बरू घरमै कुखुरा बाख्रामा लगानी गरेको भए अहिले कति फाइदा हुँदो रहेछ, अब त मँ कसैले फ्रि मै लैजान्छु भने पनि जान्न”, उनले भनिन ।
रोजगारीको शिलशिलामा दलालले भारत लैजाने क्रममा झापाको विर्तामाडबाट माइती नेपालको उद्दारपछि उजेलीले जस्ता सिन्धुपाल्चोककी सावित्रा राभाटलेपनि अहिले आफ्नै व्यवसाय सुरु गरेकी छन् । ‘मँपनि त्यही विदेन जाने चक्ररमा दलालको हाँतमा परेको रहेछु, धन्न माइती नेपाल भन्ने संस्थाले बचाएर ल्यायो, मलाई त पछि अरूले भनेपछि मात्रै थाहा भयो, मलाई त भारतमा लगेर नराम्रो काममा लगाउने रहेछ भनेर’, सावित्राले सुनाइन । सिन्धुपाल्चोककी सावित्राले अहिले सिलाइबुनाइको पसल खोलेकी छन् । अहिले सावित्राको हातमा सिप र पैसा दुवै छ । बिहे गरेको दुई वर्षमा श्रीमानले अर्को बिहे गरेपछि भौतारिएर विदेश जाने चक्ररमा लागेकी सावित्राले अहिले आफ्नै पसलबाट महिनामा २५/२६ हजार कमाई गर्दिन । उनले अहिले आफूले कमाएको पैसाबाट बचत गरेर सहकारीमा समेत संकलन गर्ने गरेकी छन् । यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उजेली र सावित्री उदाहरणमात्रै हुन् ।
विदेशमा महिनामा दुई-तीन लाख कमाई हुन्छ भन्दै ललाई फकाई गरी भारत लैजाने क्रममा विभिन्न नाकाबाट उद्दार गएिका महिलाहरू आफ्नै देशमा उद्यम गर्ने धेरै महिला छन् । अहिले उजेली र सावित्रीले महिलाहरू विदेश जानभन्दा स्वदेशमै केही सीप सिकेर आफू आत्मनिर्भर हुन गाउँका महिलाहरूलाई सल्लाह सुझाब दिने भएका छन् । पछिल्लो समयमा मानव बेचबिखनको मुख्यकारण अशिक्षा र रोजगरी, घरेलु हिंसा, घरमा श्रीमान् र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने, र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू नै बढी सिकार हुने गरेका छन् । हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन् । उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाँडै त्यस्ता दलालको पञ्जामा पर्ने गरेको पाइन्छ । मानव बेचबिखनलाई न्यूनीकरण गर्दै अन्त्य नै गर्नका लागि सरकारले बेचबिखन रोक्न समाजमा चेतना फैलाउनुका साथै विद्यालयदेखि नै बालबालिकालाई त्यसका बारेमा शिक्षित गराउन पाठ्यक्रममै समावेश गर्न जरुरी छ ।
अभियान्ता दुर्गा सोवले शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूको बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्नेगरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसारपसारलाई न्यूनीकरण गर्न सकिने तर्क गर्नुहुन्छ । सम्बन्धीत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामूहिक रूपमा मानव बेचबिखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचविखन रोकथामका लागि अन्तक्र्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रमसमेत गर्न जरुरी देखिन्छ । मानव बेचबिखनविरुद्ध क्रियाशील सरकारी र गैरसरकारी संघसंस्थासँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सीमा नाकामा संघसंस्था र नागरिक समाजसंग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ । यसरी विदेश जाने लैलैमा दलालको हातबाट फुत्किएर आफ्नै देशमा सीप सिकेर आत्मनिर्भर बन्ने उजेली र सावित्री उदाहरणमात्रै हुन् ।
पाठ्यपुस्तकमा समावेश गरेर आफू कसरी बच्ने र अरूलाई पनि कसरी बचाउने भन्ने कुरा सिकाउनका लागि सम्बन्धित मन्त्रालय लागि पर्नुपर्ने देखिन्छ । पछिल्लो समयमा बन्धक बनाइएका धनुषा जिल्लाका सातजना र सिरहा जिल्लाका २१ जना गरी (२४ देखि ६० वर्ष सम्मका) जम्मा २८ जना पुरुषहरूका सम्बन्धमा भारतीय गैरसरकारी संस्था किन इण्डियामाफर्त जानकारी हुनआएको मन्त्रालयका सचिव दिनेश भट्टराईले जानकारी दिनुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अग्रसरता र नेतृत्वमा एवं भारतस्थित नेपाली राजदूतावाससँगको समन्वय तथा किन इण्डियाको प्राविधिक सहयोग र सहकार्यमा उक्त पीडित÷प्रभावितलाई उद्धार गरी जनकपुरको धनुषा ल्याइएको मन्त्रालयले जनाएको छ । मानव बेचबिखनबाट पीडित र प्रभावितको उद्धार गरी र संरक्षण कार्यलाई मन्त्रालयले सदैव उच्च प्राथमिकतामा राखेको छ । अभियान्ता लक्ष्मी परियारले शंकास्पद व्यक्ति र जोखिममा रहेका व्यक्तिहरूका बारेमा निगरानी राख्ने परामर्श दिने र आवश्यकता अनुसार सम्बन्धित निकायसँग समन्वय गर्नेगरी सबै निकाय सक्रिय भएको खण्डमा मानव बेचबिखन तथा ओसार पसारलाई न्यूनीकरण गर्न सकिने तर्क गर्नुहुन्छ ।
सम्बन्धित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सामूहिक रुपमा मानव बेचविखनको जोखिममा रहेका समुदाय र क्षेत्र पहिचान गरी मानब बेचबिखन रोकथामका लागि अन्तक्र्रिया, सडक नाटक, र्याली, घरदैलो जस्ता कार्यक्रम समेत गर्न जरुरी देखिन्छ । मानव बेचबिखनविरुद्ध क्रियाशील सरकारी र गैर सरकारी संघसंस्थासँग समन्वय गर्दै मन्त्रालयले पीडित प्रभावितलाई आवश्यक सहयोग र परामर्श पनि प्रदान गर्नुपर्ने हुनछ । मानव बेचबिखनका मुद्दा अनुसन्धान गर्ने प्रहरीलाई त्यसका बारेमा अझै धेरै ज्ञान दिने र उनीहरूलाई बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्यता बुझाउने र भारतीय सिमा नाकाहरूमा संघसंस्था र नागरिक समाजसँग मिलेर निगरानीलाई अझै प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिन्छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि स्थानीय तहको मुख्य भूमिका हुन्छ । वैदेशिक रोजगारीको नाममा बेचिन लागेका महिलाहरूलाई स्थानीय तहले नै रोक्न सक्नुपर्छ र स्थानीय तहले नै चाँसो देखाउनुपर्छ । किन भने आफ्नो टोल, छरछिमेक, वडा वा समाजमा भइसकेपछि एउटा घरको कुरा अर्को घरलाई थाहा हुन्छ । त्यो अर्को घरको मानिसले वैदेशिक नाममा विदेश जान लागेका महिलाहरूलाई रोक्नुपर्छ । स्थानीय सरकारले नै निगरानी गर्नुपर्छ ।






