पाल्पा । पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल जाँदै गरेको कार तानसेन नगरपालिका-१ नारनडाँडामा दुर्घटना भएको छ । तानसेनबाट रानीमहलतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती दुर्घटना भएको हो ।
दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनामा गम्भीर घाईते भएका पाठकको उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका हुन् ।
कार आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ । रासस

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा