काठमाडौं । घुम्ती कविगोष्ठीको १४१औं रचनावाचन शृंखला शनिबार सम्पन्न भएको छ । पूर्णप्रकाश नेपाल यात्रीको स्मृतिमा स्थापित पुस्तकालयमा आयोजित उक्त कार्यक्रम यात्री पुस्तकालयका अध्यक्ष त्रिलोचन आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो । साहित्यकार वासुदेव गुरागाई ‘पिँडालु पण्डित’को प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा बु.न.पा.१२ का वडाअध्यक्ष शम्भु भट्टराई रहनुभएको थियो । अर्का विशिष्ट अतिथि यात्रीका सुपुत्र प्राडा.शैलेन्दुप्रकाश नेपाल रहनुभएको थियो ।
घुम्ती कविगोष्ठीका सचिव रामकुमार पण्डितले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा घुम्तीका अध्यक्ष माधवलाल श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा माधवलाल श्रेष्ठ, विनोद दाहाल वत्स, सुशील आचार्य, महेश्वर खनाल, होमशंकर बास्तोला, भोजराज रेग्मी ‘मुखाले’, परशुराम पराशर, मिसन अधिकारी, बिसु केसी, डा.कृष्णप्रसाद सुवेदी ‘भारध्वान मित्र’, मधुसूदन पाण्डेय, दुर्गा अधिकारी भमरकोटे, शारदा पराजुली र राजेशमान केसीले आ–आफ्ना रचना वाचन गरेर सुनाउनुभएको थियो ।
यसैगरी रचना वाचन गर्ने अन्य कविहरूमा शिवराम घिमिरे, कविता दाहाल, गीता मिश्र, ओमकार नेपाल, विश्वनाथ तामाङ, विमल अर्याल, प्रदीपरत्न शाक्य, नारायण नेपाल, सरिता पोखरेल, परशुराम अधिकारी, अच्युतप्रसाद पौडेल चिन्तन, रामकुमार पण्डित हुनुहुन्थ्यो । कार्यक्रममा वडाअध्यक्ष भट्टराईले आफ्नो मन्तव्य राख्नुभएको थियो भने गोविन्द घिमिरे ‘वेदमणि’, त्रिलोचना आचार्य, शैलेन्दुप्रकाश नेपाल र वासुदेव गुरागाईले मन्तव्यसहित रचना वाचन गर्नुभएको थियो । निबन्ध आचार्यले जानकारीमूलक विचार व्यक्त गर्नुभएको थियो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा