हेटौँडा । मकवानपुरको बकैयामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गाले लागेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।
बकैया गाउँपालिका–६ सानो ज्यामिरेमा ढुङ्गाले लागेर स्थानीय हिरालाल थिङकी ८ वर्षीया छोरी सुष्मा थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार बिहिबार बेलुका विद्यालयबाट घर फर्किंदै गर्दा भिरबाट खसेको ढुङ्गाले लागेर सुष्माको मृत्यु भएको हो ।
प्रहरी चौकी गरगरेमा शुक्रबार सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको र थप अनुसन्धान भैरहेको जानकारी दिइएको छ ।








This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts