भोजपुरमा युवाले निकाले सिपाही जात्रा
Read Time = 1 min
भोजपुर । भोजपुरका युवाहरुले बिहिवार भोजपुर सदरमुकाममा सिपाही जात्रा निकालेका छन् । गाईजात्रा पर्व अन्तर्गत युवाहरुले सिपाही जात्रा निकालेका हुन् ।
बिभिन्न ब्याङग्यात्मक प्रस्तुती सहित निकालिएको जात्राले मनोरञ्जन पनि दिएको थियो । प्रधानमन्त्री, बंगालादेशकी पूर्व प्रधानमन्त्री सेख हसिना, विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङ, मन्त्री, सेना प्रहरी, राजनीतिक दलका नेताहरुको अभिनय सिपाही जात्रामा गरिएको थियो ।
परम्परागत संस्कृतिहरुको जर्गेना गर्दै मनोरञ्जन समेत प्रदान गर्ने उद्धेश्यका साथ युवाहरुले सिपाही जात्रा निकालेको भोजपुर लाखे समाजका अध्यक्ष बिनम श्रेष्ठले बताउनुभयो । भोजपुरमा नागपञ्चमीबाट लाखे नाचसहित बिभिन्न जात्रा मुलक कार्यक्रमहरु हुँदै आईरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts