भोजपुरमा पनि निकालियो रोपाइँ जात्रा
Read Time = 2 mins
भोजपुर । गाईजात्रा पर्व अन्तर्गत भोजपुर सदरमुकाममा बुधवार रोपाई जात्रा निकालिएको छ । यो नेवार संस्कृतिबाट सुरू भएको जात्रा हो । धान रोप्ने काम सकिएको खुशीयालीमा यो जात्रा प्रत्येक बर्ष गाईजात्राको समयमा मनाउने प्रचलन रहदै आएको छ ।
यो जात्रामा रोपाईंमा धान रोपे झैं गरी नाच्ने गाउने गरिन्छ । खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ गीत गाउँदै र नाँच्दै रमाईलो गरेको रोपाई जात्रामा देखाईने प्रचलन रहँदै आएको छ । विशेष गरि नेवाः समुदायले मनाउन सुरु गरेको रोपाइँ जात्रा देशैभर फरक फरक ठाउँमा फरक फरक तरिकाले मनाउने गरिन्छ ।
गाईजात्राको भोलिपल्ट रोपाई जात्रा मनाउने चलन मल्लकालबाट चलिआएको हो । मल्लकालमा समृद्ध राज्यहरूमा कृषिलाई विशेषरुपमा लिदै राजा प्रताप मल्लले रोपाई जात्राको सुरुवात गरेको किवदन्ती पाइन्छ ।
भोजपुर लाखे समाजका अध्यक्ष बिनम श्रेष्ठले हरेक वर्ष जस्तै यो वर्ष पनि गाईजात्रा पर्वको दोस्रो दिन विभिन्न झाँकी, बाजागाजा, ब्याङग्यात्मक प्रस्तुति सहित रोपाई जात्रा बजार परिक्रमा गरेर मनाईएको बताउनुभयो ।
श्रेष्ठले भन्नुभयो, “हाम्रो देश कृषिप्रधान भएकोले सबै भन्दा ठुलो चाड रोपाइँ सकिएको अवसरमा आजको दिन खुसीयाली स्वरूप विभिन्न स्थानमा रोपाइँ जात्रा मनाउने प्रचालन छ ।” रोपाई जात्रा पछि सिपाही जात्रा निकाल्ने प्रचलन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts