कटारी । उदयपुरको कटारी नगरपालिकामा एक युवकको बेवारिसे शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डीएसपी सुवास राईका अनुसार प्राप्त सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुग्दा मृत अवस्थामा शव फेला परेको थियो। कटारी नगरपालिका–३ राजाबासस्थित डम्पिङ साइटमा फोहोरको थुप्रो नजिकै शव फेला परेको हो।
शवको पहिचान खुल्न नसकेको र पोस्टमार्टमका लागि कटारी अस्पतालमा राखिएको डीएसपी राईले बताउनु भयो ।
-सरोज निरौला






