काठमाडौं । पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालले आफ्नो चिकित्सा टोलीमा नयाँ र प्रतिष्ठित चिकित्सा विशेषज्ञ भिœयाएको छ । जसले बिरामीको हेरचाहमा सुधार ल्याउने र चिकित्सा सेवामा नवीनता प्रदान गर्ने फ्रन्टलाइनको प्रतिबद्धतालाई पुष्टि गरेको बताइएको छ । सो अवसरमा उहाँहरूलाई अस्पतालका क्लिनिकल प्रेसिडेन्ट तथा एसोसिएट प्रोफेसर डा. योगेश न्यौपानेले स्वागत गर्नुभएको थियो ।
नयाँ प्रतिष्ठित चिकित्सक टोलीमा छाला रोग विशेषज्ञ, सौन्दर्यशास्त्र र लेजर शल्यचिकित्सक डा. विक्रान्त ढकाल, वरिष्ठ परामर्शदाता जनरल फिजिसियन तथा आपत्कालीन चिकित्सा विशेषज्ञ डा. रोहन झा, हाडजोर्नी र स्पाइन शल्यचिकित्सक प्राडा विमलकुमार पाण्डे, स्नायुरोग विशेषज्ञ डा. निरज गौतम, बाल स्नायुरोग विशेषज्ञ डा. सन्तोष मिश्र, हेमाटो र बोनम्यारो ट्रान्सप्लान्ट विशेषज्ञ, डा. अमित श्रेष्ठ, मुटुरोग विशेषज्ञ डा. सुशान्त खनाल रहेका छन् ।
त्यसैगरी जेरियाट्रिक मेडिसिन विशेषज्ञ डा. अनन्त अर्याल, बाल फोक्सो रोग विशेषज्ञ, डा. जगत् जीवन घिमिरे, प्याथोलोजिस्ट डा. सन्दिपा कुँवर, बाल चिकित्सा सघन हेरचाह विशेषज्ञ डा. सुदीप केसी, बालरोग रजिष्ट्रार सुशील भण्डारी, बाल हाडजोर्नी शल्यचिकित्सक डा. रूपेश वर्ड, क्रिटिकल केयर विशेषज्ञ डा. सन्तोष आचार्य, प्लास्टिक र पुनर्निर्माण शल्यचिकित्सकहरू डा. संगम रायमाझी, परामर्शदाता एन्डोक्राइनोलोजिस्ट डा. अलर्क देवकोटा रजौरिया, जिआई र लेप्रोस्कोपिक सर्जन डा. कमल कोइरालालगायतको टिम रहेको पब्लिक रिलेसन विभागका प्रमुख रवि खड्काले जानकारी दिनुभएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा