काठमाडौं । रियलमी मिस्टर नेपाल र लायन्स क्लब अफ काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शनिबार मिनिस्ट्री बार एण्ड क्याफे गैह्रीधारामा आयोजित रक्तदान कार्यक्रममा रियलमी मिस्टर नेपालका ६० प्रतिस्पर्धीले रक्तदान गरेका थिए । सो अवसरमा रियलमीको नेपाल र भारतका हेड अफ स्ट्राटेजी मुनिश गिरीले भन्नुभयो, ‘रियलमीले आफ्ना प्रयोगकर्तालाई गुणस्तरीय स्मार्टफोन प्रदान गर्नेमात्र नभई समुदायलाई सशक्त बनाउने कुरामा पनि विश्वास गर्छ । यो रक्तदान कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति हाम्रो प्रतिबद्धता झल्काएको छ । आगामी दिनमा पनि हामी यस्ता सामाजिक कार्यमा सक्रिय रहिरहनेछौँ ।’
मिस्टर नेपालको आयोजक नेक्स्ट मोडल्सका सिइओ रवि धमलाले भन्नुभयो, ‘मिस्टर नेपालको उद्देश्य भनेको रूप र प्रतिभा प्रवद्र्धनमात्र नभई समुदायमा सकारात्मक प्रभाव पार्नु हो । रक्तदान जस्तो महत्वपूर्ण कार्यमा रियलमी र लायन्स क्लब अफ काठमाडौंसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित भएका छौँ । भविष्यमा पनि मिस्टर नेपालतर्फबाट यस्तो सामाजिक कार्यमा सक्रियता कायम रहने जानकारी गराउन चाहन्छौैँ ।’ रक्तदान कार्यक्रममा सहभागी हुनुअघि मिस्टर नेपालका ६० प्रतिस्पर्धीले नेपाली सेनाबाट शारीरिक तन्दुरुस्तीसम्बन्धी तालिम पनि प्राप्त गरेका थिए । यस वर्ष पनि अघिल्ला संस्करणझैं प्रतिस्पर्धीको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । मिस्टर नेपालको फिनाले आगामी शनिबार काठमाडौंमा हुँदैछ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता