मुगु । मुगु छायानाथ रारा नगरपालिका वडा न १ स्थित अल्का साघु भन्ने स्थानमा नगर पालिकाले अस्थायी साँघु बनाएको छ ।
सोमबाट छायानाथ धामबाट फर्कदै गरेका तीर्थयात्रु मध्ये ८ जना उक्त स्थान भएर बगेको गमगाढ खोला माथि लगाइएको लाप्कोबाट खसेपछि मंगलबार नगरपालिकाले २ वटा लाप्का लगाएको हो ।
छायानाथ रारा नगरपालिका वडा न १ का वडा अध्यक्ष पदमराज मल्लका अनुसार वडाको पहलमा नेपाल प्रहरी,ससस्त्र प्रहरी,नगरप्रहरी र वडा न १ श्रीनगर र घाटगाउँका स्थानियहरुको सहयोगमा २ वटा काठका लाप्का लगाइएको छ ।
'स्थानियहरुले काठको एउटा लाप्को लगाएपनि सानो र हिड्न सााघुरो लाप्को भएकाले तीर्थयात्रुहरु नदीमा खसे त्यसैले सबैको सहयोगमा आज चाक्लो फराकिला र बाइक पनि गुड्न मिल्ने २ वटा लाप्का लगाएका छौँ' वडा अध्यक्ष मल्ल भन्नुहुन्छ ।
काठका २ वटा लाप्का लगाउन प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी,प्रहरी नायव निरीक्षक विरेन्द्र थापा,शसस्त्र प्रहरी नायव उपरिक्षक नवराज विक्रम कुवर पनि पुग्नु भएको थियो ।
गमगढी - नाक्चेलाग्ना सडक अन्तर्गत पर्ने यो खण्डमा सडक डिभिजन कार्यालयले ठेक्का खोलेर पक्की पुल लगाउन काम शुरु गरेपनि कछुवा गतिमा काम गर्दा मानिसलाई आवत जावत गर्न समस्या हुँदै आएको छ ।
छायानाथ रारा नगरपलिका वडा न १, १०, ११ र १२ बस्तिहरु र सिङ्गो मुगुम कार्मारोङ्ग गाउँपालिका यहि खोला भएर आवत जावत गर्ने गर्छन् ।
सोमबार लाप्कोबाट खसेका ८ जनाको श्रीनगर गाउका युवाहरु,नेपाल प्रहरी,नगरप्रहरीले उद्दार गरेका थिए । उद्दार गरिएका मध्य ३ जनाको जिल्ला अस्पतालमा मुगुमा उपचार गरिएको छ ।
छायानाथबाट फर्कदै गरेका तिर्थ यात्रु प्रजोल मल्लले लाप्कोबाट खस्दै गरेका २ जना तीर्थ यात्रुको विहान खिचेको भिडियो र दिउँसो गमगाढ खोलामा खसेको अन्य यात्रुको श्रीनगर गाउँका युवा रामराज मल्लसहित अन्य युवा तथा प्रहरीहरुले उद्दार गर्दै गरेको भिडियो विभिन्न सञ्चार माध्यम र सामाजिक सन्जालमा भाइरल हुँदा स्थानिय सरकार ,कर्णाली प्रदेश सरकार र संघीय सरकारको सबै तिरबाट चर्को आलोचना भएको थियो ।
खोला तर्ने क्रममा सोमबार स्थानीय सपना मल्ल, सक्कली शाही, नन्द राज मल्ल, धर्मराज बिक, बिष्णु बिक, सञ्जु बिक, पिउली सरा बिक र एक जना नाम नखुलेका अर्का युवा सहित ८ जना गमगाढ खोलामा खसेका थिए ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता