काठमाडौं । विवाहित र अविवाहित महिलाहरूबीचको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस युनिर्भसल २०२४’ को अडिशन सकिएको छ । अडिनशनबाट ३५ प्रतिस्पर्धी छनोट गरिएको आयोजक संस्था स्पार्कल इन्टरटेन्मेन्टले जनाएको छ । यो मिस एण्ड मिसेस युनिर्भसलको तेस्रो संस्करण हो ।
प्रतियोगितामा नेपालका सातवटै प्रदेश गरी डिजिटल अडिशनबाट ७५ प्रतियोगिबाट छानिएर ३५ प्रतियोगिहरूको अडिशन सम्पन्न भएको कार्यक्रमकी संयोजक अमृता राईले जानकारी दिनुभयो । तेस्रो संस्करणको लागि अफिसियल कोरियोग्राफर दिक्पाल कार्की र असिस्टेन्ट कोरियोग्राफर परिका भण्डारी रहनुभएको थियो ।
यस्तै आयोजक कम्पनी स्पार्कल इन्टरटेन्मेन्टकी अध्यक्ष नितु श्रेष्ठले मिस एण्ड मिसेस युनिर्भसलले विवाहित र अविवाहित महिलाहरूको बौद्धिक क्षमतामा वृद्धि गर्ने बताउनुहुन्छ । श्रेष्ठले महिलाहरू पुरुषसरह समाजमा काम गर्नसक्ने र कुनै पनि ठाउँको नेतृत्व सम्हाल्न सक्छन् भन्दै विशेषगरी विवाहित महिलालाई घरभित्रसँगै बाहिरको काममा पनि उत्तिकै क्षमतावान बनाउने उद्देश्य कार्यक्रमको रहेको जानकारी दिनुभयो ।
अडिसनमा हास्य कलाकार पल्पसा डंगोल (चम्सुरी), कोरियोग्राफर दिक्पाल कार्की, अभिनेता मनिस राउत, प्रयाङस्टार एलिस राई, हास्य कलाकार साथै जादुगर राजेन्द्र गिरी निर्णायक मण्डलको भूमिकामा रहनुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts