बझाङ – बझाङको बुंगल नगरपालिका वडा नम्बर १० स्थित टुमेडामा पहिरोले घर भत्किाउँदा दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना बेपत्ता छन् ।
गाउँमा एक्लै रहेको बिरा धामीको घर माथिबाट पहिरो खस्दा उनकी श्रीमती बुहारी र दुईवटा नातिनी बेपत्ता भएका हुन् । बेपत्ता ४ जना मध्य गोल्की धामी र लक्ष्मी धामीको शव फेला परेको स्थानीय भरत महराले बताउनु भएको छ ।
९ जना सदस्य रहेको उक्त घरमाथि राति १ बजे खसेको पहिरोले घर क्षतबिच्छेद बनाएको र तत्काल गाउँलेको प्रयासले ५ जनाको जिवितै उद्दार गरिएको छ भने बेपत्ता भएकका चार जना मध्य दुई जनाको शब फेला परेको स्थानीय महराले बताउनुभयो ।
उद्धारका लागि अहिले झापा प्रहरी चौकीबाट प्रहरी टोली, बुंगल नगरपालिकाको विपद व्यवस्थापन समितीको टोली र नेपाली सेनाको त्यसतर्फ खटिएको छ । स्थानीयहरु रातभर लागे पनि उद्दारमा कठिनाइ भइरहेको छ । बिराका छोरा उज्वल धामी भने भागेर बाँच्न सफल भएका थिए ।
उहाँले स्थानीयलाई गुहारेकाले बिरा धामी, बिराकी छोरी कमला धामी, नाती रोसन धामी र बुहारी शान्ती धामीको े जिवितै उद्दार गरिएको छ । दुई जनाको शब भेटिए पनि दुई जनाको भने खोजिकार्य भईरहेको छ ।







