गुल्मीका सात स्थानका सडक अवरुद्ध

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । गुल्मीका विभिन्न सात स्थानका सडक अवरुद्ध भएका छन् । गए रातीको अविरल वर्षाका कारण यस जिल्लाका विभिन्न सात स्थानका सडकहरु अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) पोखरेलका अनुसार अविरल वर्षाका कारण रुरुक्षेत्र गाउँपालिका वडा नम्बर - १, रातामाटास्थित तम्घास-रिडि पक्की सडक खण्डमा ढुङ्गा, माटोसहितको पहिरो आउँदा बाटो पूर्णरुपमा अवरुद्ध भएको छ । अविरल वर्षाका कारण यसै वडाको ठाडोखोलास्थित रिडी-खर्ज्याङ्ग सडक खण्ड र वडा नम्बर - २ अचम्मेश्वर मन्दिरस्थित रिडी-रुद्रवेणी सडक खण्डमा लेदो माटो खस्दा बाटो अवरुद्ध भएको छ ।

सत्यवती गाउँपालिका वडा नम्बर - ६, उल्लीखोलामा अविरल वर्षाका कारण डहरेखोलाको पानीको बाहव बढ्दा रुद्रवेणी-वामी सडक खण्ड बाटो बन्द भएको छ । गुल्मीदरबार गाउँपालिका वडा नम्बर - ३, गौडाकोटस्थित तम्घास-रिडि सडक खण्डमा लेदो माटो आउँदा बाटो अवरुद्ध भएको छ । वडा नम्बर - ४, बिरबासस्थित तम्घास-रिडि सडक खण्डमा अविरल वर्षाको कारण माथिबाट लेदो माटो आउँदा बाटो अवरुद्ध भएको छ ।

अवरुद्ध खुलाउनको लागि जेसिबि, स्थानीय जनप्रतिनिधिसंग समन्वय भइरहेको उहाँले जानकारी दिनुभयो । वडा नम्बर - ४, वल्लो बिरबास (सानो बिरबास) मा आज (आइतबार) बिहान करिब ८:४५ बजेको समयमा सडक भाँसिएर रिडि-तम्घास पक्की सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ । यस सडकको मर्मतको लागि पहल भइरहेको छ । बाटो मर्मत गर्नको लागि अन्दाजी २/३ दिन लाग्ने प्रहरीले जनाएको छ ।

ADVERTISEMENT

वर्षाका कारण घरमा क्षति

अविरल वर्षाको कारण जिल्लाको छत्रकोट गाउँपालिका वडा नम्बर - ५, दुमैस्थित ५५ वर्षीय राम बहादुर बुचाको घरमा क्षति पुर्‍याएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार अबिरल बर्षाको कारण दुमै खोलाले बुचाको दुई तले टिनले छाएको कच्ची घर र कुखुरा बाख्राको खोर बगाउँदा दुई वटा बाख्रा, १४.१५ वटा कुखुरा बगाएको छ ।

त्यस्तै, घरको बरण्डामा राखिएको नं. नखुलेको स्कुटर, घरभित्र रहेको सम्पुर्ण सामान बगाएको छ भने, मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) शंकर पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज