काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्न लागेको चलचित्र ‘नरसिंहाः अवतार’मा दीपा शाही र सरोज खनाल अनुबन्धित हुनुभएको छ । निर्माणपक्ष र उहाँहरूबीच लिखित सम्झौता भइसकेको छ । निर्माणपक्षले यो चलचित्रमा दीपा र सरोजको कस्तो भूमिका छ भन्ने विषयमा भने केही पनि खुलाइएको छैन ।
यही चलचित्रबाट आठ वर्षपछि महानायक राजेश हमाल कमक्याक गर्दैहुनुहुन्छ । चलचित्रमा हमाल पछि यसअघि नै नीति शाह, सनिशा भट्टराई अनुबन्धित भइसक्नुभएको छ । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने यो चलचित्र यही भदौबाट छायांकनमा जाने तयारीमा छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता