काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतको फैसलाउपर सर्वोच्चमा पुनरावेदन गरेको छ । अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरू मध्ये प्रतिवादी गोपालप्रसाद गैह्रसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
यस्तै अख्तियारले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरू मध्ये प्रतिवादी राजेन्द्रप्रसाद पाण्डेयसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।
त्यस्तै बुधबार नै अख्तियारले विशेष अदालत काठमाडौंमा दायर भएका मुद्दाहरूमध्ये प्रतिवादी कृष्णबहादुर केसीसमेत रहेको भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर आयोगलाई चित्त नबुझी सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता घिमिरेले जानकारी दिनुभयो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता