झापा । झापा भद्रपुर नगरपालिका १ को देवी खोल्सामा डुबेर ९ वर्षीय बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय महेश रसाइलीका ९ वर्षीय छोरा सौरभ रसाइली रहेको पृथ्वीनगर प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा उनी खोल्सामा डुबेका थिए । स्थानीयले देखेर उद्दार गरी उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएकोमा अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।






