जनकपुरधाम । मधेस सरकारले जम्बो मन्त्रीपरिषद् गठन गरेको भन्दै समाजवादी युवा संघ र समाजवादी विद्यार्थी युनियनले बिरोधमा मधेस सरकार बिरुद्ध सिट्ठी जुलुस निकालेको छ ।
जसपा नेपाल निकटको युवा संगठन तथा विद्यार्थी संगठनले संयुक्त रुपमा मधेस सरकारको जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउन माग गर्दै जनकपुरधाम नगरभित्र सिट्टी जुलुश निकालेर बिरोध प्रदर्शन गरेको हो । आफूहरुले कुर्सी जुलुस निकालेर मधेस सरकारलाई जम्बो मन्त्रीपरिषद्लाई सानो आकारको बनाउनका लागि खबरदारी गरेपनि आफूहरुको माग नसुनेकाले सिट्टी जुलुस निकालेको समाजवादी युवासंघ मधेसका कार्यवाहक अध्यक्ष कमलेश यादवले बताउनु भयो ।
मुख्यमन्त्रीलाई पदमा बसिरहने अधिकार समेत नरहेको भन्दै राजिनामा माग गर्नुभयो । जनकपुरधामको जनकचौकबाट शुरु भएको विरोध रयाली मधेस भवनतर्फ अगाडि बढदा मिल्स एरियामा प्रहरीले अवरोध गर्न खोजेपनि युवा विद्यार्थीहरु प्रहरीको घेरा निष्तेज पार्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय अगाडि पुगेर विरोध गरेका छन् ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts