हेटौंडा । मकवानपुरको बकैयामा एक पुरुषको शव फेला परेको छ। मृतक मकवानपुरको बकैया गाउँपालिका - ५ राजदमार बस्ने ६० वर्षीय आशाकाजी दोङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीको अनुसार सिमात्त खोलामा पानीमा घोप्टो परि तैरिरहेको अवस्थामा १२:१५ को समयमा शव फेला परेको हो ।
निजको छोरी शान्ति लामाले प्रहरीलाई दिएको जानकारी अनुसार आशाकाजी बिहान १० बजेको समयमा घरबाट बैङ्कमा पैसा लिन जान्छु भनि गरगरेको लागि हिडेका थिए।
घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। उक्त घटनास्थल निज मृतकको घरबाट अं.२ कि.मि. दक्षिण पर्छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts