झापा । झापा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा धुलाबारी मावि धुलाबारीकी विद्यार्थी दिव्य राय प्रथम भएकी छन् ।
सामुदायिक वन महासंघ झापाले वन दिवसको अवसरमा आयोजना गरेको "आजकाे सन्दर्भमा सामुदायिक वन" शीर्षकको वक्तृत्वकला प्रतियोगितामा राय प्रथम भएकी हुन् ।
सहभागी १५ प्रतिस्पर्धीलाई पछि पार्दै कक्षा १० मा अध्ययनरत रायले पाँच हजार ( ५००० ) नगद र प्रमाणपत्र हात पारिन् । उनी जिल्लामा हुने वक्तृत्वकलामा अक्सर प्रथम हुँदै आएकी छन् ।
प्रतियोगितामा गढीगाउँ मावि बुद्धशान्तिकी प्रनिसा खतिवडा दोस्रो, मेरीगोल्ड बोर्डिङ स्कुल कनकाईकी अंकिता खनाल तेस्रो र हरिकुल बोर्डिङ स्कुल कनकाईकी प्रिन्सा तिम्सिना सान्त्वना भएको निर्णायक राजकुमार ओलीले बताउनुभयो । खतिवडा, खनाल र तिम्सिनाले जनही दुई हजार पाँच सय ( २५०० ), एक हजार पाँच सय ( १५०० ) र एक हजार ( १००० ) नगद तथा प्रमाणपत्र प्राप्त गरे।
जिल्लामा रहेका नौ वटा स्थानीय वन महासंघ मध्ये आठ वटा महासंघको आधार क्षेत्रमा सञ्चालित सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी प्रतियोगितामा सहभागी थिए। प्रतियोगितामा बिर्तामोड महासंघबाट प्रतिनिधित्व थिएन ।
डिभिजन वन कार्यालय झापाका अधिकृत डिल्लीराम खरेल र शिक्षक प्रेमसागर घिमिरे समेत निर्णायक हुनुहुन्थ्यो ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा