भोजपुर । कार्य सम्पादन मुल्यांकनका आधारमा जिल्ला प्रशासन कार्यालय भोजपुर २५औं स्थानमा परेको छ ।
कार्यसम्पादन मुल्यांकनका आधारमा ७७ जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले दिएको अंकका आधारमा भोजपुर प्रशासन २५ औं स्थानमा परेको हो ।
जिल्ला प्रशासन कार्यालय भोजपुरले एक सय पूर्णाकमा ९४.३७५ अंक प्राप्त गरेको छ । कोशी प्रदेशका १४ जिल्ला मध्ये भोजपुर छैटौ जिल्लामा छ ।
गृहमन्त्रालयले गत आर्थिक वर्ष २०८०/०८१मा गरेको कार्यसम्पादनका आधारमा गरेको मूल्यांकनमा प्रदेश अन्तर्गत तेह्रथुमले ९६.८७५ अंक ल्याउँदै पहिलो, ९६.५६२ अंकसहित सोलुखुम्बु दोश्रो, ९५.८५७ अंकसहित धनकुटा तेश्रो, ९५.२५ अंक ल्याउँदै झापा चौथो र ९४.७५ सहित इलाम पाँचौ भएको छ ।
रुपन्देही ९८ अंकसहित देशमै पहिलो बनेको छ भने धनुषा ७६.२५ अंकसहित अन्तिममा छ । गृह मन्त्रालय र देशभरका प्रमुख जिल्ला अधिकारी बीच भएको कार्य सम्पादन सम्झौता अनुसार नतिजा प्रकाशित गरिएको गृह मन्त्रालयले जनाएको छ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण, सुशासन र सेवा प्रबाह, लागूऔषध नियन्त्रण, बिपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन र बिकास निर्माण अनुगमन र समन्वय तथा आर्थिक अनुदानलाई कार्य सम्पादन मुल्यांकन गर्ने आधार मानिएको थियोे । गृह मन्त्रालयले तीन–तीन महिनामा कार्यसम्पादन मुल्यांकनको नतिजा प्रकाशित गर्दै आएकाे छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts