२५ किलो लागुऔषधसहित युवक पक्राउ
Read Time = 2 mins
हेटौंडा । प्रहरीले लागुऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको छ। शनिबार हेटौंडा- १५ स्थित रातोमाटे चेकपोष्ट स्थित सडकमा २५ किलो ५०० ग्राम लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा देश भारत बुंदेल टोली माधव मालसलामी पटना सिटी पटना बस्ने बर्ष २० को आदित्य कुमारलाई रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार हेटौडाबाट पथलैयातर्फ जादैं गरेको BR 01 BJ 8483 नं. को भारतिय Santro White Car लाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कार तथा चालक आदित्य कुमार समेतलाई खानतलासी गर्दा सो कारको विभिन्न भागमा फल्स बटन बनाई लुकाई छिपाई गरी ल्याईएको अवस्थामा लागूऔषध गांजा २५ किलो ५०० ग्राम फेला
परेको हो।
उक्त लागुऔषध,कार र निज आदित्य कुमारलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको जानकारी दिइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts