हेटौंडा । हेटौंडा ११ थानाभर्याङमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक कार्यालय मकवानपुरले एकदिने सवारी चालकको स्वास्थ्य परिक्षण तथा लागुपदार्थ सेवन चेकजाँच कार्यक्रम संचालन गरेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको आयोजनामा शुक्रबार सवारी दुर्घटना तथा क्षति न्यूनीकरणका लागि सवारी चालकको स्वास्थ्य परिक्षण तथा लागु पदार्थ सेवन चेकजाँच कार्यक्रम गरिएको हो ।
सडक सुरक्षा,हामी सबैको रक्षा भन्ने मुल नाराका साथ संचालन गरिएको कार्यक्रममा १ सय ५२ सवारी चालकले स्वास्थ्य जाँच गराएका थिए । तीमध्ये ३६ जना उच्च रक्तचापका बिरामी भेटिएका थिएभने १२ जनाको लो व्लड प्रेसर र १३ जनाको सुगर हाई देखिएको ट्राफिक प्रमुख केशव अधिकारीले जानकारी दिनुभयो ।
साथसाथै चेकजाँचकै क्रममा १ जना सवारी चालकको आँखामा मोतीविन्दुया देखा रहेको र अप्रेशन गर्न सल्लाह सुझाव दिएको थियो । लागुऔषध चेकजाँचको क्रममा ६० को चेकजाँच गर्दा ४ जना पुरुषले लागुऔषध सेवन गरेको भेटिएको थियो।
ट्राफिक प्रहरीले सवारी जाँच अभियान संचालन गर्दा पनि लागुपदार्थ र मादक पदार्थ सेवन गरेर सार्वजनिक तथा निजि सवारी साधन संचालन गर्नेक्रम रोक्न नसकिएको ट्राफिक प्रमुख अधिकारी बताउनुभयो । अझै पनि मकवानपुरमा परिक्षणका क्रममा लापासे र मापासे गरेर सवारी साधन चलाउने चालक पक्राउ पर्ने क्रम जारी रहेको बताउदै यसरी सवारी साधन चलाउदा आफु त जोखिममा पर्छ नै उनीहरुका कारण यात्रु पनि जोखिममा पर्ने गरेको उहाँले बताउनुभयो ।
लामो समय देखि यो अभियान तीव्र पारिएता पनि नशाको तालमा गाडी चलाउने क्रम नरोकिनुमा चिन्ता व्यक्त गर्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts