अज्ञात रोगले मौरी मर्न थालेपछि जुम्लाका किसानद्वारा विशेषज्ञको माग

विजय रावत जुम्ला, संवाददाता

जुम्ला । जुम्लाका किसानले पालेका मौरी अज्ञात रोगले धमाधम मर्न थालेपछि यहाँका मौरी पालक किसान चिन्तित भएका छन् । पहिचान नभएको रोगले मौरी मर्न थालेपछि जुम्ली किसानले मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ बोलाउने भएकाछन् ।

मौरी किसान र सरोकारवालाबीच आज भएको छलफलमा मौरी विशेषज्ञ बोलाएर मौरीमा देखिएको रोग पत्ता लगाउने र रोग निवारणको उपाय खोजिने निर्णय भएको कर्णाली मौरीपालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष धनजीत बुढाले जानकारी दिनुभयो ।

जिल्लाभर मौरी घारहरूको यकिन तथ्याक संकलन गर्ने, र बर्सेनि उत्पादन हुने मह र जुम्ली महको बजारको समेत पहिचान गर्ने विषयमा जिल्लाका सरोकारवालासंग गहन छलफल भएको छ । कर्णाली मौरीपालन सहकारी संस्थाका उपाध्यक्ष बुढाले भन्नुभयो,“ जिल्लामा मौरी पालन किसानको सही तथ्यांक संकलन गर्न अति आवश्यक रहेको छ । विशेषरी स्थानीय तहले मौरी पालक किसानका लागि नीति तथा कार्यक्रममै बजेटको व्यस्थापन गर्न जरुरी छ । मौरीलाई चाहिने विभिन्न स्रोत साधनको अभावले अहिले मौरीलाई उत्पादन गर्न कठिन भएको छ ।

परम्परागत मौरीपालनको तरिकाले काम गर्न गाह्रो हुने भएकाले मौरी बस्नका लागि सफा घारमा हुनुपर्ने देखिन्छ । किसानलाई व्यवसायिक तालिमको आवश्यक समेत छ । ” जिल्ला मौरीलाई चाहिने चरन क्षेत्रका लागि जडिवुटि मासिनु, जंगल आगलागीहुनु, विभिन्न अज्ञात रोगले मौरी गोला मासिनुले निकै चुनौति रहेको सहकारी संस्थाका उपाध्यक्ष बुढाले बताउनुभयो ।

चरिचरन क्षेत्र घट्दै जानु, जंगलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु र समयानुकुल घारमा सुधार नहुनुले समस्या देखिएको सहकारीका सचिव नारायण चौलागाईंको भनाइ छ । जिल्लामा हालसम्म एकिन मौरी पालक किसान र मौरी घार कति छन् भन्ने तथ्यांक छैन् । अनुमानित यहाँका आठवटै स्थानीय तहका करिब आठ हजार मौरी घारबाट उत्पादित महको विक्रीबाट वर्षमा अनुमानित सरदर २४ करोड बराबरको आम्दानी जिल्लामाहुने गरेको कर्णाली मौरीपालन सहकारी संस्थाका सचिव चौलागाईले जानकारी दिनुभयो ।

जुम्लामा २०६३ सालदेखी कर्णाली मौरीपालन सहकारी संस्थाले मौरीपालक किसानको हक हितमा काम गर्दै आएको छ । मौरी पालनबाट यहाँका किसाले वर्षेनी करोडौ आम्दानी गर्दै आएकाछन् । महलाई लेवलिङ प्याकेजिङ गरेको खण्डमा देशका विभिन्न बजारमा माग बढ्ने देखिन्छ । हाल प्रतिमानाको १५ सयदेखी २ हजार सम्म जुम्ली मह विक्रीहुने गरेको सहकारी संस्थाका अध्यक्ष दिप बहादुर मल्ले जानकारी दिनुभयो । मौरीपालनबाट किसानले वर्षेनी राम्रो आम्दानी गरेकाछन् । उचित चरण क्षेत्र अभावले समस्या बढ्दै गएको कृषि विकास कार्यालय जुम्लाका योजना अधिकृत लछिराम महतको भनाइ छ ।

ADVERTISEMENT

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले मौरीपालन व्यवसायमा देखीएको समस्या समधान गर्न मौरी अनुसन्धान केन्द्र गोदावारीबाट विज्ञ ल्याउन पहल गरिने बताउनुभयो ।

मौरीमा देखा परेको रोगलाई समयमै पहिचान गर्नेका लागि मौरी विकास केन्द्र गोदावरीबाट विशेषज्ञ टोली छिटो भन्दा छिटो झिकाउन यहाँका सरोकारवालाहरुको ध्यान जान आवश्यक रहेको पातारासी गाउँपालिका - ७ का मौरी पालक किसान टेकबहादुर बुढाले जानकारी दिनुभयो ।

जुम्लाका सयौ मौरीपालन किसानक मौरी धमाधम मर्न थालेपछि किसान चिन्तीत बनेका छन् । मौरीले परागशेचन गर्ने अर्थात फूल फूल्ने सिजनमै मौरी मर्न थालेपछि जुम्लामा मौरीपालन किसान र सरोकारवालाबीच छलफल गरिएको छ । जुम्लामा हिउँदको समय प्राय चिसोले मौरी मर्ने गरेका छन् । तर पछिल्लो वर्षमा सबैभन्दा परागशेचन गर्ने मौरीले मह बनाउने सिजन जेठ देखी साउनको अवधिमा मर्न थालेपछि मौरी किसानलाई सकस भएको चन्दननाथ नगरपालिका-२ का स्थानीयवासि लक्ष्मी कुमाईको भनाइ छ ।

मौरी विज्ञ सत्तानन्द उपाध्यायले जुम्लामा अरुभन्दा चरण क्षेत्र अभावकै कारण मौरीपालन संकटमा परेको बताउनुभयो । जुम्लामा मौरीका लागि प्रयाप्त चरण क्षेत्र छैन् । स्थानीयले फलफूल अन्य बाली रोप्नै छोडी सकेकाछन् । मौरीपालन संकटमा छ । साथै रोगको संक्रमण पनि देखीन्छ ।

यसको निवारण गर्न विज्ञ टोली ल्याउन अति आवश्यक रहेको मौरी विज्ञ उपाध्यायले जानकारी दिनुभयो । केही वर्ष अघि जुम्लामा आएको एकविज्ञ टोलीले पनि जुम्लामा चरण क्षेत्र अभावकै कारण मौरी पालन संकटमा परेको बताएका थिए । विज्ञ टोली ल्याएर अध्यायन तथा हरेक वर्ष मौरी मर्ने रोगको निवारण हुनुपर्ने यहाँका किसान बताउँछन् ।

जिल्लामा चरण क्षेत्र अभावकै कारण मौरीपालन संकटमा परेको यहाँका किसान बताउँछन् । जिल्लाभरी मौरीपालन बढाउन स्थानीयतहले कार्य योजना बनाएर काम गर्न आवश्यक रहेको कर्णाली मौरीपालन सहकारी संस्थाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज